चपुर । सिरहाको विष्णुपुर गाउँपालिका-१ बजारस्थित रोज बोर्डिङ स्कूलको होस्टेलमा एक बालिकालाई शिक्षकले बलात्कार गरेका छन् ।

रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउने एक महिलाकी १४ वर्षीया छोरी बिहीबार मध्यराति शिक्षक रञ्जित यादवबाट बलात्कृत भएकी हुन् । उनी आमालाई पालो दिन होस्टलमा भात पकाउन गएकी थिइन् । घटनापछि शिक्षक यादव फरार छन् । बालिकाले राति नै आमालाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन् । शुक्रबार एकाबिहानै उनकी आमा स्कूल पुग्दा शिक्षक यादव फरार भइसकेका थिए ।

OM Sai Pathibhara Hospital

स्कूलका सञ्चालक सञ्जय यादवले बोर्डिङ र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको पिडितकी आमाले बताइएकि छन। सञ्चालकको दबाबको बाबजुद पीडितकी दिदीले भनिन्, ‘शिक्षकले ठूलो अपराध गरेका छन् ‌। हामी न्यायका लागि लड्छु । कसैको दबाबमा पर्दैनौं ।’ पीडित बालिका सामुदायिक विद्यालयको कक्षा ९ मा पढ्छिन् । घरमा कामले फूर्सद् नभएपछि आमाले नै उनलाई स्कूलको होस्टलमा गएर एक दिनका लागि खाना पकाइदिन पठाएकी थिइन्।

बलात्कार आरोपी शिक्षक यादव सिरहा नगरपालिका १७ पटेर्वाका छन् । घटनापछि स्कूल सञ्चालकले नै शिक्षकलाई भगाएको बालिकाको आफन्तको आरोप छ ।