झापा  ।  झापाको केर्खाबाट इलाम चुलाचुली १ का निर्वाचित बर्तमान वार्ड अध्यक्ष ध्रुब लावतीलाई बन्दकै क्रममा प्रहरीले पक्राउ गरेको छ। कुमार लिन्देनले "ध्रुव लावतीलाइ बिनाशर्त नछाडे परिस्थिती गन्भिर हुन सक्छ" भनेका छन। लावती केही समय अघिको दुर्घटनाले गर्दा  अस्वास्थ र नियमित औषधि लिइरहेको छन।Screenshot_20231216_154150

बन्द गर्दै हिडेका वडाध्यक्ष ध्रुब लावतीलाई प्रहरीले पक्राउ गरेकाे र उनलाई हाल ईलाका प्रहरी कार्यालय दमकमा राखिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। Screenshot_20231216_154152

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी नेता तथा कार्यकर्ता, बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गते कोशी प्रदेशमा यातायात बन्दको आव्हान गरेको छ ।Screenshot_20231216_154154

आन्दोलनलाइ ससक्त बनाउन र नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै सडक बन्दगर्न उत्रीएका बन्दकर्तालाइ प्रहरीले पक्राउ गरेको छ। बन्द गर्न प्रदेशका विभिन्न स्थानमा पहिचानवादीहरू सडकमा निस्किएका छन् । मोरङको पथरी, उर्लाबारी, दमक, इलाम बजार लगायत कोशी प्रदेशका विभिन्न ठाउमा बिहानै देखि पहिचान वादीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन ।