काठमाण्डौ  ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज शनिबार हेटौंडा जादैछन। उनी हेटौंडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रमको मुख्य कार्यालयको नवनिर्मित भवन समुद्घाटनका लागि जाँदै छन ।

कार्यक्रममा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकारशरण महत लगायत नेपाल सरकारका मन्त्रीहरु, बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव र सचिवहरु, बरिष्ठ कलाकार, समाजसेवी र आश्रमका अभिभावक, सुभेच्छुक र सहयोगीहरुको उपस्थिती रहने  छ ।

OM Sai Pathibhara Hospital

सहयोगापेक्षीमैत्री सेवा प्रवाहको लागि संस्थाका आफ्नै भवन अपरिहार्य भएको निष्कर्ष सहित २०७१ माघ ३ हेटौंडा ९ लामसुरेधापमा संस्थाले भवननिर्माण कार्यको सुरु गरेको थियो ।