काठमाण्डौ । दाङमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

घोराही उपमहानगरपालिका ,१० झारबैराचोक नारायणपुरमा टिपरको टक्करबाट घाइते भएका  झिम्रुक गाउँपालिका ,४ प्युठानका १७ वर्ष विशाल जिसी, नौवहिनी गाउँपालिका, ६ लुङग बस्ने वर्ष १८ का सगर केसीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

शुक्रबार साँझ नारायणपुरमा  तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख १३०७ नम्बरको टिपरले र विपरीत दिशा बाट आउँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजना घाइते भएका थिए । 

घाइते भएका जिसी र केसीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उहाँ दुवै जनाको शनिवार उपचारकै क्रममा मृत्यु भएको हो । 

त्यस्तै शुक्रबार राति पौने ११ बजे मध्यपुरथिमि नगरपालिका–२ स्थित सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा४ख २३४७ नम्बरको टिपरले बा९२प ५५३१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर भएका राति ११ बजेर २१ मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । मृत्यु हुने स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका–१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् । टिपर चालक धादिङका सुरेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।