बिराटनगर ।  कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना बन्दकर्ताहरु पक्राउ परेका छन् । यातायात बन्द गर्दै हिड्ने पहिचानबादी समुहका ९ जना बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

धरानमा बन्द गराउँदै हिड्ने  राष्ट्रीय जनमुक्ती पार्टी( सुनसरी सचिब) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, ज.स.पा. धरान १५ (अध्यक्ष) हरि राई, ज.स.पा.युवासंघ सुनसरी अध्यक्ष करूण राई, ज.स.पा. धरान सह‍-‍सचिव सुमन चेम्जोङ लिम्बु र किरात राई यायोख्खा सुनसरी सह-सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् । यसैगरी झापाको कमल गाउँपालिका-३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघिय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध ईलाम चुलाचुलीका ध्रुव लावती, सिवसताक्षी नगरपालिका-७ का लिम्बुवान कार्यकर्ता उदयशिगु लिम्बु, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जस कुमार तामाङ र संघिय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बु झापाबाट पक्राउ परेका हुन ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी नेता तथा कार्यकर्ता, बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गते कोशी प्रदेशमा यातायात बन्दको आव्हान गरेको छ ।