चपुर  ।  भन्सार छलिको  सामानसहित दुइजनालाइ प्रहरी नियन्त्रणमा लिएको छ। बाँके जिल्लाको खजुरा गाउँपालिका  ६ स्थित सिमलघारीबाट मंसिर २८ गते सशस्त्र प्रहरीले करीब ३१ लाख ४४ हजार ३ सय रुपैयाँ बराबरको विभिन्न सामानको गाडीसहित दुई जनालाइ नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँकेबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भे १ च २३५७ नम्बरको गाडीमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य मध्य १४ लाख ७० हजार ३०० रुपैयाँको लत्ताकपडा, ५ लाख ८४ हजार रुपैयाँको काँस र १ लाख ४० हजार रुपैयाँको पित्तलका मुर्ति, भाँडाबर्तन तथा सजावटका सामग्री  सहितजिल्ला बाँके नेपालगंज उपमहानगरपालिका ५ वस्ने ५० वर्षिय कमल  लुवाई र चालक भारतको लखीमपुर जिल्ला कटौली ग्रामपञ्चायत बस्ने ३० वर्षिय भारतीय नागरिक साकिर हुसेनलाई नियन्त्रणमा लिएको हो ।

OM Sai Pathibhara Hospital

नियन्त्रणमा लिइएका दुवै जनालार्ई बरामद सामान र गाडीसहित आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ । गाडीको भन्सार दाखिला मूल्य करीब ९ लाख ५० हजार रुपैयाँ रहेको छ ।