झापा । एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्ने क्रममा कोशी प्रदेशबाट पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै सडक बन्दगर्न खोज्ने ५ जनालाई सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरेको छ ।

सडक अवरुद्ध गर्न खोजेको आरोपमा सुमन चेम्जोङ, करुण राई, शम्भु राई पृथक्, सिताराम राई र हरि बान्तवालाई प्रहरीले पक्राउ गरेको छ।

OM Sai Pathibhara Hospital

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी नेता तथा कार्यकर्ता, बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गते कोशी प्रदेशमा यातायात बन्दको आव्हान गरेको छ ।

बन्द गर्न प्रदेशका विभिन्न स्थानमा पहिचानवादीहरू सडकमा निस्किएका छन् । मोरङको पथरी, उर्लाबारी, दमक, इलाम बजारमा बिहानै पहिचान वादीहरूले टायर बालेर सडक अवरुद्ध गर्ने प्रयास गरेका छन ।