तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका ६ निरौला गाँउ बस्ने ५३ बर्षीय डिल्ली प्रसाद निरौलाको रुखले किचेर मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजे आफ्नै बारीमा रहेको उत्तिसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाँउकोमा लागी गम्भिर घाईते भएका निरौलाको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा हिजो साढे २ बजे मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाण्डौको निर्देशन कार्यक्रम सम्पन्न भएको छ । निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अति संवेदनशील विषय भएकोले सोही बमोजिम विशेष ख्याल गरी सुक्ष्मरुपमा त्रुटीरहित तवरले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।विमानस्थलको सुरक्षा व्यवस्थाले अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको सुरक्षाको स्तर झल्काउने र नेपाल प्रहरीको गरिमा समेत अ
बिराटनगर । मोरङ र झापाको तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१७ की १९ बर्षीया अनिता बैठालाई बिराटनगर-१५ बाट १९.३३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको तथा घटनामा संग्लग्न रहेकी बिराटनगर-१६ की ३० बर्षीया सरस्वती गुरुङलाई १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो । यसैगरी मोरङकै पथरी शनिश्चरे नगरपालिका-४ बाट स्थानिय ३३ बर्षीय चित्र कुमार रपाल(बि.क.) लाई २५ ग्राम लागुऔष
फिक्कल । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीकाे प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले चुरोट बरामद गरेको हो ।इलामको सुर्योदय नगरपालिका २ स्थित दुईमाईल सीमा इलाकाबाट १४ गते आइतबार करिव ६ लाख ७५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको ९ कार्टुन शिखर चुरोट बरामद गरेको छ ।चुरोट लैजाँदै गरेका व्यक्ति भने गस्तीमा रहेको सशस्त्र प्रहरीकाे सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएकाे सशस्त्र प्रहरीले भनेको छ । बरामद चुरोट पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।
काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नगरपालिका १० डुम्री का ३२ वर्षीय डम्बर साहलाई पक्राउ गरेको छ। साहलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरबाट पक्राउ गरेको हो।क्यास एपमार्फत उनले २ वर्षमा १ अर्ब ४९ करोड रुपैयाँको कारोबार गरेको देखिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए। यो प्रकरणमा कम्तीमा पनि ३४ जना ठगिएको प्रहरीको अनुमान छ। साहसहितले अनलाइन जुवाका लागि अवैध रुपमा रकम लोड गरिदिनुका साथै ह्वाट्सएप, फेसबुक र ईमो जस्ता सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरूलाई पार्सल पठाईदिन्छु
काठमाडौँ । उत्तरी मेक्सिकोमा यात्रुवाहक बस र कार्गो ट्रक एक आपसमा ठोक्किँदा बसमा ३७ जना सवारमा १९ जनाको मृत्यु भएको छ भने दुर्घटनामा १८ जना घाइते भएका छन् । राज्य सिभिल डिफेन्स अफिसका निर्देशक रोय नाभरेतेले बन्दरगाह सहर मजातलान नजिकैको इलोटा टाउनशिपमा मंगलबार दुर्घटना भएको बताए । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको घटनास्थलबाट खिचिएका तस्बिरहरूमा दुवै गाडी जलेको देखिएको छ ।घातक सडक दुर्घटनाहरू मेक्सिकोमा सामान्य जस्तै बन्ने गरेको छ । तीव्र गति, खराब सवारी साधनको अवस्था, वा चालक थकानको कारणले गर्दा देशका राजमार्गहरूमा मालवाहक ट्रकको दुर्घ
काठमाडौँ । अमेरिकाको लसभेगासमा भएको विवाहित महिलाहरुबीचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वल्र्ड-२०२३’ मा नेपाली प्रतियोगी पृथ्वीया थापाले ‘ह्युमनिटेरियन अवार्ड’ जितेकी छन् । शीर्ष उपाधिबाहेक सात विधागत उपाधि रहेको प्रतियोगितामा सेमीफाइनलसम्मको यात्रा तय गरेकी पृथ्वीयाले यो अवार्ड जितेकी हुन् ।अवार्ड जितेपछि पृथ्वीयाले आफूले अझ बढी तयारी गरेर प्रतिष्पर्धामा सहभागिता जनाउन सकेको भए शीर्ष उपाधि जित्न सक्ने दाबी गरिन् । उनी उपाधि सहित यसै साता नेपाल फर्कँदै छिन् । मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वल्र्ड’मा नेपालले सहभागिता जनाएक
एजेन्शी । पाकिस्तानको अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री इमरान खानलाई आधिकारिक गोप्य खुलासा गरेको दोषी ठहर गर्दै अहिलेसम्मको १० वर्षको सबैभन्दा कठोर कारागार सजाय सुनाएको छ । खानका समर्थकहरूले संसदीय निर्वाचनको केही दिनअघि कैदमा परेका राजनीतिज्ञलाई किनारा लगाएको बताएका छन् ।सन् २०२२ मा अविश्वासको मतबाट अपदस्थ गरिएका खान पहिलादेखि नै तीन वर्षको कारागार सजाय काटिरहेकाले निर्वाचनमा उम्मेदवार बन्नबाट बञ्चित भए । उनिविरुद्ध एक सय ५० भन्दा धेरै अन्य मुद्दा अझै विचाराधीन छन् । तैपनि पूर्वक्रिकेट स्टार आफ्नो तल्लो तहमाथि पकड र सत्ताविरोधी वयानबाजीका कारण शक्तिशाली राजनीतिक शक्ति बनेका छन ।गत वर्ष खानक
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खुकाे वेबसाइट (tuexam.edu.np) ह्याकरको नियन्त्रणमा पुगेको पाइएको छ । मंगलबार बेलुकीदेखि उक्त वेबसाइट ह्याकरको नियन्त्रणमा गएको र साइट खोल्दा 'रोहित रोकाया' नामको फेसबुक प्रोफाइलमा रिडाइरेक्ट भएको पाइएको हो ।वेबसाइट खोल्दा असम्बन्धित व्यक्तिको फेसबुक प्रोफाइलमा रिडाइरेक्ट भएकाे खबर फैलिएपछि अहिले उक्त वेबसाइट खोल्दा 'मेन्टेनेन्स' भइरहेको सन्देश राखिएको छ ।पनिकाले सोमबारदेखि ट्रान्सक्रिप्टसहित विभिन्न प्रमाणपत्र सम्बन्धी सेवा अनलाइनमा आधारित बनाएको थियो । वेबसाइट ह्याक घटनाबाट केके क्षति भयो भन्नेबा
काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई पुनः दोषी ठहर गरेको छ ।न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो ।उक्त प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले २०७६ पुस २६ गते फैसला गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो । उक्त फैसलाविरुद्ध पुनरावलोकन निवेदन दायर भएको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.