काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खुकाे वेबसाइट (tuexam.edu.np) ह्याकरको नियन्त्रणमा पुगेको पाइएको छ । मंगलबार बेलुकीदेखि उक्त वेबसाइट ह्याकरको नियन्त्रणमा गएको र साइट खोल्दा 'रोहित रोकाया' नामको फेसबुक प्रोफाइलमा रिडाइरेक्ट भएको पाइएको हो ।Screenshot_2024_0131_063205

वेबसाइट खोल्दा असम्बन्धित व्यक्तिको फेसबुक प्रोफाइलमा रिडाइरेक्ट भएकाे खबर फैलिएपछि अहिले उक्त वेबसाइट खोल्दा 'मेन्टेनेन्स' भइरहेको सन्देश राखिएको छ ।

OM Sai Pathibhara Hospital

पनिकाले सोमबारदेखि ट्रान्सक्रिप्टसहित विभिन्न प्रमाणपत्र सम्बन्धी सेवा अनलाइनमा आधारित बनाएको थियो । वेबसाइट ह्याक घटनाबाट केके क्षति भयो भन्नेबारे जानकारी आउन बाँकी छ ।Screenshot_2024_0131_062610

साइबर सुरक्षामा खोज तथा अनुसन्धान गरिरहेका सौगात पोखरेलले त्रिविको वेबसाइटमा कसैले अनधिकृत पहुँच पुर्‍याएको हुनसक्ने बताएका छन ।

''सोमबारदेखि त्रिविले अनलाइन सेवा सुरु गरेसँगै यसले त्रिविको वेबसाइटमा अट्याक सर्फेस पनि बढाएको छ । अब लाखौं विद्यार्थीको संवेदनशील डेटा समेत पाइने भएकाले त्रिविको वेबसाइट ह्याकरको निशानामा पर्ने सम्भावना अझ धेरै हुन्छ । यसले गर्दा उक्त वेबसाइटमा सुरक्षा चुनौती थपिएको छ,'' पोखरेलले फेसबुक लेखेका छन।