काठमाडौँ । उत्तरी मेक्सिकोमा यात्रुवाहक बस र कार्गो ट्रक एक आपसमा ठोक्किँदा बसमा ३७ जना सवारमा १९ जनाको मृत्यु भएको छ भने दुर्घटनामा १८ जना घाइते भएका छन् । 

राज्य सिभिल डिफेन्स अफिसका निर्देशक रोय नाभरेतेले बन्दरगाह सहर मजातलान नजिकैको इलोटा टाउनशिपमा मंगलबार दुर्घटना भएको बताए । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको घटनास्थलबाट खिचिएका तस्बिरहरूमा दुवै गाडी जलेको देखिएको छ ।

OM Sai Pathibhara Hospital

घातक सडक दुर्घटनाहरू मेक्सिकोमा सामान्य जस्तै बन्ने गरेको छ । तीव्र गति, खराब सवारी साधनको अवस्था, वा चालक थकानको कारणले गर्दा  देशका राजमार्गहरूमा मालवाहक ट्रकको दुर्घटना पनि बढेको छ ।