काठमाण्डौ  ।    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाण्डौको  निर्देशन कार्यक्रम सम्पन्न भएको छ । 

OM Sai Pathibhara Hospital

निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अति संवेदनशील विषय भएकोले सोही बमोजिम विशेष ख्याल गरी सुक्ष्मरुपमा त्रुटीरहित तवरले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।विमानस्थलको सुरक्षा व्यवस्थाले अन्तर्राष्ट्रियस्तरमा राष्‍ट्रको सुरक्षाको स्तर झल्काउने र नेपाल प्रहरीको गरिमा समेत अभिबृद्दि गर्ने हुँदा मानव अधिकारको संरक्षणका साथै नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नु पर्ने बताए ।

प्र.अ.म.नि. थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य नागरिकदेखि अति विशिष्ठ व्यक्तिसम्म साथै आपराधिक मनसाय भएका स्वदेशी/विदेशी नागरिकको आवागमन हुने प्रमुख स्थान समेत भएकोले संभावित खतराको मूल्याङ्कन (Threat Assessment) गरी सोही बमोजिम सुरक्षा योजना (Operational Plan) बनाई विभिन्न निकायसँग समन्वय गरी उच्च मनोवलका साथ प्रहरी जनशक्ति र प्रविधिको प्रयोग पूर्ण व्यवसायिक तवरले गर्न निर्देशन दिए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरी, प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनाली लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।