फिक्कल ।  नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीकाे प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले चुरोट बरामद गरेको हो ।


इलामको सुर्योदय नगरपालिका २ स्थित दुईमाईल सीमा इलाकाबाट १४ गते आइतबार करिव ६ लाख ७५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको ९ कार्टुन शिखर चुरोट बरामद  गरेको छ ।

OM Sai Pathibhara Hospital

चुरोट लैजाँदै गरेका व्यक्ति भने गस्तीमा रहेको सशस्त्र प्रहरीकाे सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएकाे  सशस्त्र प्रहरीले भनेको छ । बरामद चुरोट पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।