समाचार

    Showing 16,831-16,840 of 25,901 items.
  • रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

    काठमाडौँ- वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। आइतबार ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथको भोटो देखाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका उच्च पदस्थ व्यक्तिहरुले भोटोजात्रा अवलोकन गर्न जावलाखेल पुगेका थिए।उनीहरूलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरे।भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको वि

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 235 पटक पढिएको
  • एक प्रहरी ३८५ नागरिकको सुरक्षाकर्मी

    काठमाडौं— नेपालमा एक जना प्रहरीले ३८५ नागरिकको सुरक्षा गर्ने गरेको छ । नेपाली नागरिकको संख्या र प्रहरी संख्याको अनुपातले यसलाई देखाएको हो । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार प्रहरी र नागरिकको अनुपात अनुसार अहिले एक प्रहरी बराबर ३८५ व्यक्ति हुन आउँछन् ।यो अनुपात अत्यधिक रहेको प्रहरी अधिकारीहरू बताउँछन् । संयुक्त राष्ट्रसंघको मापदण्ड अनुसार एक प्रहरी बराबर २२० नागरिक हुनुपर्छ । तर झण्डै दोब्बर संख्याका मानिसलाई नेपाल प्रहरीले सुरक्षा दिनुपर्ने हुँदा शान्ति सुरक्षामा स्वाभाविक रुपमा असर पर्ने गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले बताए । प्रहरी प्रध

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 330 पटक पढिएको
  • अमेरिकामा हत्या : रुकुमपश्चिमका ओलीको परिवार शोकमग्न

    काठमाडौं–रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–१०, सेजे गाउँका ५२ वर्षीय लीलाराम ओलीको घरमा हप्ता दिनदेखि आगो बलेको छैन। नातिनी पढाउन दाङ बसेकी बुहारी, काठमाडौँमा पढ्न आएका कान्छो छोरा, र बिहे गरेर गएकी छोरी घर आइपुगेकी छन्। आँगनमा गाउँलेहरूको पनि आउजाउ निरन्तर छ तर घरमा सन्नाटा छ, परिवार मात्र होइन, गाउँ नै शोकमग्न छ।३० वर्षीय जेठो छोरा दीपक ओलीको गत आइतबार बिहान अमेरिकामा गोली लागेर हत्या भएको खबरले परिवारलाई दुखित बनाएको छ। टेक्सासको वेको सिटीनजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्यास स्टेसनमा कार्यरत दीपकलाई बन्धुकधारी लुटेराले गोली हानेका थिए। दीपकले ग्यास स्टेसनलाई लुटिनबाट जोगाउन लाग्दा घटन

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 762 पटक पढिएको
  • कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीहरूको शपथ आज, विश्वासको मत भोली

    काठमाडौं–कर्णाली प्रदेश सरकारमा जाने मन्त्रीहरूको नियुक्ति र शपथ आज गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री यामलाल कँडेल सोमबार विश्वासको मत लिने तयारीमा छन् । त्यसैले शुक्रबारदेखि रोकिएको मन्त्रीहरूको नियुक्ति तथा शपथ आज हुने श्रोतको दाबी छ । कांग्रेसले राजीव विक्रम शाहलाई आर्थिक मामिला तथा योजना मन्त्री, घनश्याम भण्डारी, सामाजिक विकास, सुरेश अधिकारी, उद्योग, पर्यटन, वन तथा वातावरण र विजया बुढालाई जलस्रोत तथा उर्जा विकास मन्त्री बनाएर मुख्यमन्त्रीकहाँ पठाएको थियो । गत २७ चैतमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल संविधानको धारा १६८ को उपधारा २ अनुसार नेकपा माओवादी केन्द्रसहित दलहरूको समर्थ

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 608 पटक पढिएको
  • देशभर हैजाका २५ बिरामी फेला, पानी उमालेर पिउन आग्रह

    काठमाडौं–देशभर २५ जना हैजाका बिरामी फेला परेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर र कैलालीमा हैजाका बिरामी फेला परेको जानकारी दिएका छन् । ललितपुरमा १६, काठमाडौँमा १, र कैलालीमा ८ जना हैजाका बिरामी छन्।हैजा एक अत्यन्त संक्रामक र शीघ्र फैलिने झाडापखाला हो, जसको मुख्य लक्षणमा पातलो पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने, र वान्ता हुनेजस्ता रहेका छन् । सङ्क्रमण गम्भीर अवस्थामा पुगेमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाब पहेँलो हुने, रक्तचाप कम हुने, र बेहोस हुन्छन् । हैजाका बिरामीलाई तुरुन्त अस्पताल नपुर्‍याए ५०

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 673 पटक पढिएको
  • नेपालको सुन्दर प्रकृति अवलोकन नगरे जीवनको सार्थकता हुँदैन : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका पर्यटकहरूलाई नेपाल भ्रमण गर्न आग्रह गरेका छन् । विश्वका छानिएका भ्लगरहरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी सो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ को प्रिमियर कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्वमा प्रचार गर्न यो रियालिटी सोले थप मद्दत पुर्याउने उल्लेख गरे । उनले नेपालको सुन्दर प्रकृति अवलोकन नगरे जीवनको सार्थक अर्थ नहुने बताए । हिमाल, प्रकृति, नदीनाला, छहराको अवलोकन र हात्ती चढेर जङ्गल सफारी गर्दा आउने आनन्द अवर्णनीय रहेको उनले भनाइ थियो

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 701 पटक पढिएको
  • भरतपुरमा बाघको आक्रमणबाट एक जना घाइते

    काठमाडौं–चितवनस्थित भरतपुर महानगरपालिका-२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ बाघको आक्रमणबाट घाइते भएका छन् । मर्निङ वाकमा निस्केका उनलाई नारायणी नदी किनारमा बाघले आक्रमण गरेको हो । घाइते श्रेष्ठलाई तत्कालै उद्धार गरी चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन गरिएको छ ।  

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 516 पटक पढिएको
  • मध्यपूर्वमा बढ्दो तनाव : अमेरिकासहित विभिन्न देशले गरे तत्काल लेबनान छोड्न आग्रह

    काठमाडौं–लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न भनेको छ ।यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी दिएका थिए । लामीले यस क्षेत्रको अवस्था द्रुत रूपमा बिग्रन सक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेका हुन् । तेहरानमा हमास नेता इस्माइल हानियाको बुधबार हत्या भएपछि इरानले इजरायलविरुद्ध बदला लिने घोषणा गरेको छ । हानियाको मृत्युको खबर इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि आएको थियो । आज हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हि

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 582 पटक पढिएको
  • रातो मच्छिन्द्रनाथको भोटो जात्रा, राष्ट्रपति पौडेल सहभागी हुने

    काठमाडौं–वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ। भोटो जात्रालाई करिब आठ सय वर्षअघि जावलाखेल जात्रा भनिन्थ्यो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार भात छर्ने जात्राका रूपमा यसलाई जावलाखेल जात्रा भन्ने गरिएको हो। भूत–प्रेतलाई खाना दिने परम्परा विश्वासका आधारमा यो जात्रा सुरु भएको बताइन्छ।भोटो जात्राको सटीक तिथिमिति पत्ता नलागेपनि मच्छिन्द्रनाथको यात्रा करिब एक हजार तीन सय वर्षअघि सुरु भएको मानिन्छ। किंवदन्तीअनुसार, नागराज कर्कोटककी रानीको आँखा दुखेपछि किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी औषधि दिए। आँखा निको भएपछि पुरस्कारस्वरुप किसा

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 393 पटक पढिएको
  • पेरिस ओलम्पिकमा चीनको दबदबा कायम

    काठमाडौं–फ्रान्समा जारी पेरिस ओलम्पिकमा चीनले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ । चीनले १६ स्वर्ण, १२ रजत र ९ कास्य पदकसहित कुल ३७ पदक हात पारेको हो ।यसैगरी, अमेरिका १४ स्वर्ण, २४ रजत र २३ कास्य पदक जितेर ६१ पदकका साथ दोस्रो स्थानमा छ । आयोजक फ्रान्सले १२ स्वर्ण, १४ रजत र १५ कास्य पदकसहित ४१ पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।अष्ट्रेलिया १२ स्वर्ण, ८ रजत र ७ कास्यसहित २७ पदक, बेलायत १० स्वर्ण, १० रजत र १३ कास्यसहित ३३ पदकका साथ क्रमश: चौथो र पाँचौ स्थानमा छन् ।कोरियाले ९ स्वर्ण, ७ रजत र ५ कास्य, जापानले ८ स्वर्ण, ५ रजत र ९ कास्य, इटालीले ६ स्वर्ण, ८ रजत र ५

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 609 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.