काठमाडौं–वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ। भोटो जात्रालाई करिब आठ सय वर्षअघि जावलाखेल जात्रा भनिन्थ्यो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार भात छर्ने जात्राका रूपमा यसलाई जावलाखेल जात्रा भन्ने गरिएको हो। भूत–प्रेतलाई खाना दिने परम्परा विश्वासका आधारमा यो जात्रा सुरु भएको बताइन्छ।

भोटो जात्राको सटीक तिथिमिति पत्ता नलागेपनि मच्छिन्द्रनाथको यात्रा करिब एक हजार तीन सय वर्षअघि सुरु भएको मानिन्छ। किंवदन्तीअनुसार, नागराज कर्कोटककी रानीको आँखा दुखेपछि किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी औषधि दिए। आँखा निको भएपछि पुरस्कारस्वरुप किसानले मणि माणिक्यले युक्त भोटो पाए, तर भूतले भोटो लगेर विवाद सुरु भयो। अन्तत: भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइयो र प्रमाणसहित आउनेलाई दिने परम्परा बस्यो।

OM Sai Pathibhara Hospital

पछिल्लो समय, गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ। आज राष्ट्रपति रामचन्द्र पौडेल यस अवसरमा उपस्थित हुनेछन् । आज सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ।