काठमाडौं–फ्रान्समा जारी पेरिस ओलम्पिकमा चीनले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ । चीनले १६ स्वर्ण, १२ रजत र ९ कास्य पदकसहित कुल ३७ पदक हात पारेको हो ।

यसैगरी, अमेरिका १४ स्वर्ण, २४ रजत र २३ कास्य पदक जितेर ६१ पदकका साथ दोस्रो स्थानमा छ । आयोजक फ्रान्सले १२ स्वर्ण, १४ रजत र १५ कास्य पदकसहित ४१ पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।

OM Sai Pathibhara Hospital

अष्ट्रेलिया १२ स्वर्ण, ८ रजत र ७ कास्यसहित २७ पदक, बेलायत १० स्वर्ण, १० रजत र १३ कास्यसहित ३३ पदकका साथ क्रमश: चौथो र पाँचौ स्थानमा छन् ।

कोरियाले ९ स्वर्ण, ७ रजत र ५ कास्य, जापानले ८ स्वर्ण, ५ रजत र ९ कास्य, इटालीले ६ स्वर्ण, ८ रजत र ५ कास्य, नेदरल्याण्ड्सले ६ स्वर्ण, ४ रजत र ४ कास्य तथा क्यानडाले ४ स्वर्ण, ४ रजत र ७ कास्य पदक जितेका छन् । ओलम्पिक स्वर्ण पदक हात पार्ने देशहरूको संख्या ३२ पुगेको छ ।