काठमाडौं–लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न भनेको छ ।

यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी दिएका थिए । लामीले यस क्षेत्रको अवस्था द्रुत रूपमा बिग्रन सक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेका हुन् । 

OM Sai Pathibhara Hospital

तेहरानमा हमास नेता इस्माइल हानियाको बुधबार हत्या भएपछि इरानले इजरायलविरुद्ध बदला लिने घोषणा गरेको छ । हानियाको मृत्युको खबर इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि आएको थियो । 

आज हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा धेरै रकेट प्रहार गरेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्रलाई नष्ट गरेको देख्न सकिन्छ । हालसम्म कसैको मृत्युको जानकारी आएको छैन । जोर्डनका विदेशमन्त्रीले पनि आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छोड्न चेतावनी जारी गरेका छन्।