काठमाडौं–चितवनस्थित भरतपुर महानगरपालिका-२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ बाघको आक्रमणबाट घाइते भएका छन् । मर्निङ वाकमा निस्केका उनलाई नारायणी नदी किनारमा बाघले आक्रमण गरेको हो ।

घाइते श्रेष्ठलाई तत्कालै उद्धार गरी चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन गरिएको छ ।