समाचार

    Showing 16,241-16,250 of 25,875 items.
  • दशैं मनाउन आजसम्म पाँच लाखले छाडे उपत्यका

     काठमाडौं— दशैं मनाउन ९ दिनको अवधिमा ५ लाखभन्दा बढी सर्वसाधारणले काठमाडौं उपत्यका छाडेका छन्।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १४ गतेबाट हालसम्म उपत्यकाबाट ५ लाख ६५ हजार सर्वसाधारणहरू दशैं मनाउन गाउँ गएका छन्।घटस्थापनादेखि यता ४ लाख २२ हजार यात्रुहरू बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रविन कार्कीले जानकारी दिए।उनका अनुसार २४ घण्टाको अवधिमा मात्रै १ लाख यात्रु बाहिरिएको तथ्यांक छ। उनले भने, ‘बाढी पहिरोले राजमार्गहरू अवरूद्ध गरे पनि दशैं मनाउन गाउँ जानेहरूको झनै चाप बढ्दै गएको छ।’

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 301 पटक पढिएको
  • इन्धन बोक्ने ट्यांकरमा चार क्विन्टल गाँजा बरामद, चालकसहित दुई जना पक्राउ

    मकवानपुर— मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थको ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्याङ्कर र गाँजासहित दुई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो। विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्फ जाँदै गरेको ना ७ ख १७७१ को ट्याङ्कर जाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्याङ्करचालक २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ललाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो। ट्याङ्करको ५ वटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको जिल्ल

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 455 पटक पढिएको
  • काठमाडौं–भैरहवा उड्ने न्यारोबडीको सबै टिकट बिक्री, अर्को उडानको तयारी

    काठमाडौं— नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाजले आउँदो बिहीवार फूलपातीका दिन काठमाण्डौ–भैरहवा गर्ने उडानका सबै टिकट बिक्री भएका छन् ।हिजो बेलुका यात्रुको चाप बुझ्नका लागि एक घण्टा टिकट बुकिङ खुलाएकोमा ७० वटा बिक्री भएको र आज बिहान सबै १ सय ५८ वटै टिकट बिक्री भएको वायु सेवा निगमका सहायक प्रवक्ता मनोजकुमार साहले जानकारी दिए । काठमाडौं–भैरहवा उडानमा यात्रुको चाप थेगिनसक्नुको रहेको पनि उनले बताए । अन्तर्राष्ट्रिय उडानलाई असर नपर्नेगरी काठमाडौं–भैरहवा अर्को पनि उडान गर्ने तयारी थालिएको निगमले जनाएको छ । तर अझै टुङ्गो भने लागेको छैन । अर्को उडान हुने/नहुने विषय बेलुकासम्म टु

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 467 पटक पढिएको
  • बाहिरिँदैछ मनसुन, दशैं घमाइलो हुने !

    काठमाडौं— यस वर्षको मनसुन अब केही दिनभित्रै पूर्ण रूपमा बाहिरिने भएको छ । मनसुनको गतिविधि न्यून भएसँगै यो वर्षको दशैं घमाइलो हुने भएको छ । नेपालको सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिन सुरु गरेको मनसुन करिब चार दिनभित्र पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हालसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्ण रूपमा र लुम्बिनी प्रदेशबाट आंशिक रूपमा मनसुन बाहिरिसकेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायु सर्दै नेपालको पूर्वी भेगबाट मनसुन सम्पूर्ण रूपमा बाहिरिने जनाइएको छ । दशैं आसपास पहाडी भेगमा हल्का बदली देखिए पनि ठुलो वर्षा नह

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 389 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहन

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 290 पटक पढिएको
  • निषेधित औषधी सहित ३ जना पक्राउ

    मोरङ  ।   सुनसरीको धरान उपमहानगरपालिका-९ र ११ स्थितबाट ठुलो परिमाणमा निषेधित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २० गते बेलुकी ६ बजे लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट  खटिएको प्रहरी टोलीले धरान-९ स्थितमा डेरा गरी बस्दै आएका धर्मदेवी नगरपालिका-८ संखुवासभाका ३१ बर्षीय सुरज गुरुङको डेरा कोठा खानतलासी गर्दा दुई ओटा जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी ट्रामानिल ७ हजार ८ सय ६० क्यापसुल र स्पास्मो ८ हजार ४ सय ३० चक्की बरामद गरेको हो भने अस्थायी प्रहरी विट जोरसखुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा धरा

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 269 पटक पढिएको
  • बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता

    काठमाडौं- अविरल वर्षाका कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म २४६ जनाको मृत्यु भएको छ।बाढी, पहिरोलगायतका विपदमा परी काठमाडौं उपत्यकामा ७० जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा १३९ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २४६ जनाको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ। विपदमा परी काठमाडौं उपत्यकामा ३७ जना, कोशी प्रदेशमा १४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ११५जना गरी जम्मा १७८ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन्। बेपत्ताक

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 420 पटक पढिएको
  • दशैंको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ

    काठमाडौं– दशैंको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् ।काठमाडौंको नयाँ बसपार्क, बल्खु, कलङ्की, कोटेश्वरलगायतका ठाउँबाट आज १४ जना पक्राउ परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए । पक्राउ परेकामध्ये केहीले तोकिएको भन्दा धेरै भाडा लिएका, केहीले नक्कली टिकट बेचेका रहेका उनको भनाइ छ ।दशैंको समय र खराब सडकलाई कारण देखाएर दोब्बरसम्म भाडा भइरहेको पाइएको पनि ट्राफिक प्रहरीले जनाएको । दशैंको बेला टिकटमा कालोबजारी भएमा नजिकैको प्रहरी वा १०३ नम्बरमा ट्राफिक प्रहरीलाई खबर गर्न प्रहरी नायब निरीक्षक

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 394 पटक पढिएको
  • बाटोको कारण देखाउँदै यात्रुसँग दोब्बर असुली

    काठमाडौं— गत वर्ष खोटाङको अर्खौले जान १ हजार ७ सय गाडीको भाडा तिरेका सुनील रिजाल यो पटक झन्डै दोब्बर भाडा तिरेर घर जाने तयारी गर्दै छन्। तोकिएको भाडा नतिरे जान नपाउने डर भएपछि उनले बाध्य भएर दोब्बर भाडा तिरेका हुन्।‘टिकट काट्न जाँदा बाटो बिग्रिएको छ पोहोरको भाडाले हुँदैन, धेरै घुमेर जानुपर्छ भन्दै बढी मागेका छन्,’ उनले भने, ‘फेरि टिकट नपाइएला भनेर ३ हजार भाडा तिरेर घर जान लागेको हुँ।’ फूलपातीका दिन घर जाने गरी चाबहिलको काउन्टरमा गएर टिकट लिएको उनले सुनाए। गत वर्षको दसैंमा यातायात व्यवसायीले अर्खौलेसम्म सुमोको भाडा २ हजार ५ सय लिन्थे। अहिले बाटो बिग्रिएको भन्दै अर्खौलेको भाडा मात्र चार हजार लिए

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 358 पटक पढिएको
  • आज कुष्माण्डा देवीको पूजा गरिँदै

    काठमाडौं— नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि असोज शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधिअनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।आज बिहान ६ बजेर १६ मिनेटसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए । यसैले आज पनि दुर्गा पूजाको विधिअनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनको भनाइ छ । घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि बढेकाले चौथीकै कृत्य आज पनि गर्नेपर्ने समितिले जनाएको छ ।नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मङ्गलवार अर्

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 294 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.