समाचार

    Showing 16,201-16,210 of 25,875 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ    ।   कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थान

    • प्रकाशित मितिः असोज २७, २०८१
    • 288 पटक पढिएको
  • पूर्वराजा ज्ञानेन्द्रले लगाइदिए सर्वसाधारणलाई टीका

    काठमाण्डौ  । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । शनिबार अपरान्ह ४:०० बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो । पूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।उनले शनिवार निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका हुन्।तस्बिरमा हेरौँ निर्मल निवासमा पूर्वराजा शाहबाट टीका लगाउनेहरुको भीडः

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 606 पटक पढिएको
  • आजदेखि नेपालबाट पूर्ण रूपमा बाहिरियो मनसुन

    काठमाण्डौ । यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन आजदेखि पूर्णरूपमा बहिर्गमन भएको हो ।आज अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि आज बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो ।यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो । आज भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो । यसपालि मनसुन ढिला ग

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 376 पटक पढिएको
  • टिकाकै दिन करेन्ट लागेर दुई बालिकाको मृत्यु

    हेटौडा  ।  मकवानपुरमा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ मा हिँडिरहेको अवस्थामा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा निजगढ नगरपालिका-१ बस्ने वर्ष ९ की  र हेटौडा- १६ बस्ने वर्ष ७ की बालिका रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असोज २६ गते दिउँसो १:०० बजेको समयमा हेटौडा- १६ चिसापानीबाट २०० मि. पश्चिम दक्षिण पर्ने कबर्ड हलको छेउमा ती बालिकाहरूलाई करेन्ट लागेको थियो ।सो स्थानमा रहेको विद्युत्को ११ के.भी. पिन इन्सुलेटर भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट भई पोलको फेदमा जमेको पानीमा विद्युत् प

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 338 पटक पढिएको
  • कोइला खानीमा आक्रमण हुदा २० जना मजदुरको मृत्यु

    एकेन्शी  ।   पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको दुकी जिल्लामा शुक्रवार कोइला खानीमा भएको आक्रमणमा २० मजदुरको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका अधिकारीहरूले बताएका छन् । अज्ञात हमलाकारीहरूले कम्तिमा १० कोइला खानीलाई ह्यान्ड ग्रेनेडले निशाना बनाएर भित्र काम गर्ने मजदुरको हत्या र घाइते बनाएका छन । जिल्लाका राजनीतिक प्रमुख हाजी खैरुल्लाह नसिरले आक्रमणकारीले घटनास्थलबाट भाग्नुअघि खानी र निकासी मेसिनरीमा आगो लगाएको बताए ।केही खानी मजदुरलाई समूह बनाएर आक्रमणकारीले गोली हानेर मारेको सञ्चार माध्यमलाई बताइएको छ । शव र घाइते कामदारहरूलाई नजिकैको अस्पतालमा लगिएको छ ।

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 345 पटक पढिएको
  • बञ्चरोले हानेर श्रीमतीको हत्या,श्रीमान पक्राउ

    कैलाली  ।  मुलुकभर दसैंको उल्लास चलिरहदा चुरे गाउँपालिका –६ मल्लो ढुङ्गेनीका ५० वर्षीय डम्मरबहादुर चुनाराले महानवमीको राति बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।   चुनाराले राति १ बजेतिर टाउकोमा बञ्चरो प्रहारगरि  ४७ वर्षीया हीरादेवी चुनाराको हत्या गरेको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय फल्टुडेको प्रहरी टोलीले चुनारालाई नियन्त्रणमा लिइसकेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 337 पटक पढिएको
  • प्लास्टिकको बोरा भित्र किशोरीको शव फेला

    काठमाण्डौ । डडेल्धुरामा जिल्लाको अमरगढी नगरपालिका–७ पोखरा बजारमा सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव प्लास्टिकको बोरा भित्र फेला परेको हो।शुक्रवार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको प्रहरीले बताएको छ।  बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशँका प्रहरिले गरेको छ।मृतक बालिकाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल लगिएको छ। प्रहरीले शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएको छ। उनलाई सार्वजनिक गरिएको छैन। घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। 

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 496 पटक पढिएको
  • नेपाल प्रहरी र सशस्त्र प्रहरीका नि:शुल्क काठमाडौंका सडकमा

    काठमाडौं— नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेका छन् । दशैंको मुख्य दिन आज पनि सर्वसाधारणको आवतजावतका लागि सुविधा पुगोस् भन्ने उदेश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहारी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।यी दुई सुरक्षा निकायले हिजो पनि काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेका थिए । प्रहरीको एउटा बसले रिङरोड भित्रका सर्वसाधारणलाई र अर्को बसले रिङरोड बाहिरका सर्वसाधारणलाई सेवा दिनेछ ।निःशुल्क बस सेवाको एक नम्बर रुटले प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 368 पटक पढिएको
  • विजया दशमीमा प्रधानमन्त्री ओलीको शुभकामना

    काठमाण्डौ   ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन ।विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरेका छन । “जो जहाँ छौ, पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु”, उनले भने ।प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दसैँ टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गरेका छन ।“विपद्को घडीमा यतिबेला मेरो मन भार

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 375 पटक पढिएको
  • बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने ५ लाखको बोलकबोल

    म्याग्दी— बडादशैंको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने ५ लाखको बोलकबोल लागेको छ ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि ४ लाख ७१ हजारको बोलकबोल भएको हो । बिहीबार राति भएको कालरात्रिमा खुला बोलकबोलमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । करिब ४५ मिनेट चलेको बोलकबोलमा सहभागी तीन जनाको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका–३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गरेको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिले जनाएको छ । बोलकबोलमा भगवतीका रमेश कटुवाल र अक्षताका भण्डारीबीच प्रतिस्पर्धा हुँदा समिति

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 548 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.