समाचार

    Showing 15,941-15,950 of 25,875 items.
  • दुर्गम १० जिल्लामा अब पेट्रोल पम्प निर्माण गर्न आयल निगमको मापदण्ड सार्वजनिक

    काठमाण्डौ  ।  देशभरका सबै जिल्लामा पेट्रोल पम्प पुर्‍याउने उद्देश्यले नेपाल आयल निगमले दुर्गमका १० जिल्लामा  पम्प सञ्चालन गर्ने तयारी थालेको हो। प्याक्ट बिक्रेताको माध्यमले बिक्री हुँदै आएकोमा अब भने कम्तीमा एउटा पम्प सञ्चालन गर्ने निगमको तयारी छ । त्यस क्षेत्रमा अहिलेसम्म पम्प नहुँदा बोटल/बोटलमार्फत इन्धन बिक्री हुन्छ । सर्वसाधारणहरू गुणस्तरसँगै मूल्यमा पनि ठगिएका छन । उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले सबै जिल्लामा पम्प सञ्चालन गर्ने निर्णय गरेको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी गराएका छन।उनले भने निगमले बझाङ, बाजुरा, कालीकोट, मुगु, हुम्ला, डो

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 339 पटक पढिएको
  • नेता महरलाई पक्राउ गर्न एक महिलाले उच्च अदालत परिसरमा गरिन आत्मदाहको प्रयास

    काठमाण्डौ  ।  नेकपा एकीकृत मालेका नेता ऐन महरद्वारा पीडित भनिएकी एक महिलाले उच्च अदालत पाटन परिसरमा आत्मदाहकाे प्रयास गरेकी छिन्।ऐन महरलाई पक्राउ गर्न माग गर्दै उनले शरीरमा पेट्राेल छर्किएर आत्मदाहकाे प्रयास गरेकी हुन्। उक्त प्रकरणमा महरलाई पक्राउ गरेर छानबिन गर्नुपर्ने माग गर्दै ती महिलाले उच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन्।    करिब वर्षदिन देखि उक्त मुद्धा पेशी चढ्दै स्थगित हुने गरेको थियो। बुधबार फेरि फेशी चढेको मुद्धा स्थगित नहोस् भन्ने दबाब दिन पाटन पुगेकी ती महिलाले आत्मदाहको प्रयास गरेकी हुन्।

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 435 पटक पढिएको
  • दुर्घटनामा बुवाको मृत्यु, दुई छोराहरु घाईते

     गाईघाट   ।   उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १३ असारी स्थित दनुवारी चोकमा ट्रयाक्टर र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालक महादेव चौधरीको मृत्यु भएको छ। सो मोटरसाईकलमा सवार उनका दुई छोराहरु, दिवाकर (१५ वर्ष) र कृष्ण (१० वर्ष), घाईते भएका छन्।दुर्घटनापछि प्रहरी टोलीले घटनास्थलमा पुगेर घाईतेलाई जिल्ला अस्पताल उदयपुर ल्याएको थियो। महादेव चौधरीलाई मृत घोषित गरिएपछि उनका छोराहरुलाई प्रारम्भिक उपचारपछि विराटनगरको न्यूरो अस्पताल रेफर गरिएको छ।प्रहरीले ट्रयाक्टर चालक राजन बोटे र सह-चालक अनिल सदालाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न ट्रयाक्टर र मोटरसाईकल प्रहर

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 378 पटक पढिएको
  • सडक तथा खोलाको मापदण्ड खारेजी गर्न माग गर्दै प्रदर्शन

    काठमाडौं— उपत्यकाका सडक र खोला किनारका बासिन्दाले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् ।भूमि अधिकार संरक्षण सङ्घर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो । काठमाण्डौको माइतीघरमा भेला भएर उनीहरूले नाराबाजी पनि गरेका छन् । उनीहरूले मापदण्डका नाममा उठीबास गर्न पाइँदैन, खोला मिच्न पाइँदैन भन्ने लगायतका प्ले कार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 548 पटक पढिएको
  • माल्टा र हङ्गेरी पठाउने भन्दै ठग्ने दुई जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा हङ्गेरी र माल्टा पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका १२ बस्ने २१ वर्षीया रचना परियार र डोटीको बडीकेदार गाउँपालिका–२ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–१० बस्ने २७ वर्षीय प्रकाशबहादुर रोक्का मगर रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।रचनाले वैदेशिक रोजगारीमा हङ्गेरी पठाइदिने भन्दै दुई जनाबाट १८ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी थिइन् । यस्तै प्रकाशले वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए ।द

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 529 पटक पढिएको
  • भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

    काठमाडौं— भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथी पदको दर्जा प्रदान गरिएको छ ।शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका हुन्। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तिको सहभागिता थियो। नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । पाँच दिने औपचारिक भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष द्विवेदी बुधबार काठमाडौं

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 516 पटक पढिएको
  • १३ न्यायाधीशको सरुवा, कसलाई कहाँ पठाइयो ?

    काठमाडौं— न्याय परिषद् बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ। बिहीबारको परिषद् बैठकले उच्च अदालतका दुई न्यायाधीशको काज सरुवा र  ११ वटा जिल्ला न्यायाधीशको सरुवा सिफारिस गरेको हो।जसअनुसार उच्च अदालत जनकपुरका न्यायाधीश किरण कुमार पोखरेललाई उच्च अदालत विरागनगर,इलाम इजलासमा काजमा पठाइएको छ। उच्च अदालत तुलसीपुर,बुटवल इजलासका न्यायाधीश रेखा थापा पाण्डेलाई उच्च अदालत  विराटनगर,इलाम इजलासमा सिफारिस गरेको छ।उच्च अदालत सुर्खेत,जुम्ला इजलासका न्यायाधीश राजेन्द्र  खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस गर्ने निर्णय गरेको छ। यसैगरी परिषद् बैठकले

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 443 पटक पढिएको
  • जाडो छल्न आए पाहुना चरा

    चितवन— जाडो मौसम सुरु भए पनि चितवनसहित नेपालका विभिन्न स्थानमा बाहिरी देशबाट पाहुना चरा आउन थालेका छन् । अन्य देशमा धेरै जाडो बढेपछि चिसो छल्न नेपालमा चरा आएको चराविज्ञ डा. हेमसागर बरालले जानकारी दिए । धेरै जसो चरा आइसकेका र केही सङ्ख्यामा मात्र नेपाल आउन बाँकी रहेको विज्ञ बरालले बताए । यसरी नेपाल आएका चरा चितवन, शुक्लाफाँटा निकुञ्ज क्षेत्र, बर्दिया, पोखरा, हिमाली केही भाग, कपिलवस्तु, कोशी क्षेत्रलगायतमा आएको उनले बताए ।आगन्तुक चराका रूपमा आएका चरा नेपालमा केही समय बसेर पुनः फर्किने गरेका छन् । यसरी आउने चरामा हाँस प्रजातिका दुई दर्जनभन्दा बढी, पानीमा बस्ने प्रजातिका, खुट्टा लामो हुने प्र

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 417 पटक पढिएको
  • ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ

    काठमाडौं— ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए । उनका अनुसार, नेपाललाई तत्काललाई होल्ड मात्र गरिएको हो ।अहिले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा भ्रमणमा छन् । यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा नेपालले विरोध जनाउने गरेका छन् । त्यसक्रममा उनी पटकपटक

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 432 पटक पढिएको
  • निजी क्षेत्रमा कर्जा बढे पनि वृद्धिदर बढेन

    काठमाडौं— चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब ६५ करोड (२.५ प्रतिशत) ले बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब नौ अर्ब तीन करोड (२.३ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.० प्रतिशतले बढेको छ ।गत असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्र

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 327 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.