समाचार

    Showing 15,871-15,880 of 25,875 items.
  • मकवानपुरमा टिपर दुर्घटना,चालकको मृत्यु

    मकवानपुर  ।  मकवानपुरमा सवारी दुर्घटनामा परी एकजनाको मृ*त्यु भएको छ । मृत्यु हुनेमा चितवन  निवासी अन्दाजी ४०।४१ वर्षीय सानु लो तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।शुक्रबार बिहान ८.१५ बजे बकैया गाउँपालिका–५ झाँक्रीडाँडा नजिकको निर्माणाधीन तराई–काठमाडौं द्रुतमार्ग खण्डतर्फ हात्तिसँडेबाट ग्राबेल लिएर जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर दुर्घटना भएको थियो ।  मृतक तामाङ सोही ट्रिपरका चालक हुन् । ट्रिपर अनियन्त्रित भई सडकबाट २५र३० मिटर तल खोल्सामा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 242 पटक पढिएको
  • वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार

    काठमाण्डौ  ।   नेपाल वायुसेवा निगम वाइडबडी विमान गर्दा १ अर्ब ४७ करोड १० लाख भ्रष्टाचार भएको बिशेष अदालतले ठहर गरेको छ। यसमा ३२ जना प्रतिवादी रहेकोमा ११ जना दोषी ठहर भएका छन् भने अन्यले सफाइ पाएका छन्।विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो ।अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । त्यसमा बि

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 336 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश र बागमती प्रदेश प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागहरू लगायत बाँकी तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेश लगायत बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागको एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्ड

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 275 पटक पढिएको
  • रबि लामिछानेलाइ रातारात पोखरा पुर्‍याइयो

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात पोखरा लगिएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका रविलाई चितवनबाट मध्यराति पोखरा लगिएको हो ।बिहान लैजाँदा उनका समर्थकहरुको भिडभाड हुनसक्ने भएपछि राति नै सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको प्रहरीले जनाएको छ । उनलाई साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बयानका लागि लगिएको थियो ।बयान सकिएपछि उनलाई राति नै पोखरा पुर्‍याइएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाइसकेकोले उनलाई फेरि विरगञ्ज लैजाने तयारी प्रहरीले गरेको हो । वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानो

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 364 पटक पढिएको
  • सामाजिक मिलन केन्द्रकाे पहिलाे स्थापना दिवस सम्पन्न

    बिराट चौक   ।   माेरङकाे सुन्दरहरैँचा ७ गाेठगाउँस्थित सामाजिक मिलन केन्द्रकाे पहिलाे स्थापना दिवस सम्पन्न भएकाे छ ।" मिलेर बसौं हाँसेर बाँचौ " भन्ने नारा रहेको केन्द्रकाे   प्रथम बार्षिक उत्सव हिरा भट्टराईकाे प्रमख आतिथ्री तथा  उमेश उप्रेतीकाे विशिष्ट आतिथ्यमा भएको थियाे । साथै  केन्द्रका आजिवन सदस्य  अनुरोध शाहबाट प्रदान गरिएको न्यानो कम्मल निम्न बर्ग प्रति लक्षित गरि  वितरण गरिएकाे थियाे । कार्यक्रम केन्द्रका अध्यक्ष गंगानाथ पोखरेलकाे सभापतित्वमा भएको थियाे ।

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 355 पटक पढिएको
  • आज प्रधानमन्त्री ओली चीन भ्रमण सकेर स्वदेश फर्किंदै

    काठमाण्डौ  ।   प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज दिउँसो  स्वदेश फर्किँदै छन्। बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो।भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनिया समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन्। दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेप

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 312 पटक पढिएको
  • माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

    काठमाण्डौ । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दैछ। बिहिबार आज बिहान ८ बजे अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्। स्थानीय तह उपनिर्वाचनको माओवादीले समीक्षा गर्ने र आसन्न केन्द्रीय कमिटी बैठकलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।साथै, बैठकले अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे पनि छलफल हुने बताइएको छ।

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 279 पटक पढिएको
  • मेयर सम्पाङद्वारा पत्रकार माथि धम्काएको आरोप

    धरान   ।    नेपाल पत्रकार महासंघ सुनसरी शाखा अध्यक्ष जनकऋषि राई र केन्द्रिय पार्षद गोपाल दाहाललाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाले सामाजिक सञ्जाल मार्फत धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।पत्रकार दाहालले खोज पत्रकारिता केन्द्रका लागि तयार गरेको मेयर साम्पा‌ङ्को विषयको समाचार प्रकाशन भएको विषयलाई लिएर उनकै पेज "हर्क साम्पाङ् ए रिभुरेसन" मार्फत भोलि १० बजेको भेटमा आउनु नत्र बेइज्जत गरेर शीर ठाडो पारेर हिड्न दिने छैन् भनेर धम्क्याउनु सार्वजनिक निकायको गरिमामय पदमा बहाल मेयरबाट पत्रकारमाथि यस किसिमको व्यवहार हुनु आफैंमा नि

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 447 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेश,बाग्मती प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।तराएका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ।आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 454 पटक पढिएको
  • बालाजु–ककनी सडक स्तरोन्नति काम हुँदै

    काठमाण्डौ  ।  पासाङल्यामु राजमार्ग अन्तर्गत बालाजु–ककनी सडक खण्डको तीव्रगतिमा भइरहेको स्तरोन्नति काम हुँदै छ । विगत दस वर्षदेखि जीर्ण बनेको यस सडकको विसं २०८० फागुनमा भएको सम्झौता अनुसार दुई वर्षभित्र १४ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रे गर्न रु ८३ करोड ३१ लाखमा जिम्मेवारी पाएको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले लक्ष्यभन्दा दोब्बर गतिमा काम गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 293 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.