समाचार

    Showing 15,791-15,800 of 25,872 items.
  • अबैध हुण्डी कारोवारमा चार जना पक्राउ

    काठमाण्डौ  ।  अवैध रुपमा हुण्डी कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशाला, काठमाडौंद्वारा स्रोत नखुलेको ६८ लाख नेपाली नगद र ५ थान चेक सहित ४ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 339 पटक पढिएको
  • कोशी टप्पुमा अर्नाको आक्रमणबाट मण्डलको मृत्यु

    सप्तरी  ।  कोशी टप्पुमा अर्नाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ का शुभेलाल मण्डलको अर्नाले आक्रमण गर्दा मृत्यु भएको हो । खेतमा काम गरिरहेका बेला उनलाई अर्नाले आक्रमण गरेको हो । अर्नाको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएपनि उनको उपचारको क्रममा मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 272 पटक पढिएको
  • कोशीमा राजन अधिकारी नयाँ डिआइजी

    विराटनगर  ।   कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजन अधिकारीले सम्हालेका छन् ।मंसिर २७ गते विशेष व्यूरोबाट उनको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएको थियो । अधिकारीले पुस ३ गते कार्यभार सम्हालेका हुन् । जिम्मेवारी सम्हालेपछि अधिकारीले प्रहरीले समाजलाई जीवन्त, गतिशील र सुरक्षित राखी राख्न अहोरात्र खट्नुपर्ने बताए ।समाजका हरेक पक्षहरू सुरक्षाको जगमा अडेको बताउँदै उनले सुरक्षा नै समाजको मेरूदण्ड रहेको बताए । उनले त्रुटीरहित कार्य सम्पादन गर्न निर्देशन दिए ।सवारी दुर्घटना, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसा

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 517 पटक पढिएको
  • सुनसरीको बराहक्षेत्रमा मरेका माछाहरू बिक्री गर्न निषेध

    इनरुवा  ।  सुनसरीको बराहक्षेत्रमा मरेका माछाहरू बिक्री गर्न निषेध गरिएको   छ ।बराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका हाट, बजार र पसलहरूमा भारत लगायतका छिमेकी मुलुकहरूबाट ल्याइएका मरेका माछाहरू बिक्री वितरणमा पूर्ण निषेध गरेको हो ।नगरपालिकाले उपभोक्ताहरूको अधिकार र स्वास्थ्यलाई ध्यानमा राख्दै मरेका अस्वस्थ कर माछा बिक्री वितरणमा रोक लगाएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।अवैध रूपमा अस्वस्थ कर माछा आउने गुनासो बढेपछि कार्यपालिकाको निर्णयबाटै निषेध गरिएको हो ।नगर क्षेत्रको दक्षिण मधुवन क्षेत्रबाट भारतीय सीमा सात किलोमिटरको दुरीमा रहेको छ ।खुल्ला सीमाका कारण भारतबाट प्रतिब

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 281 पटक पढिएको
  • कोशी टप्पुमा अर्नाको आक्रमणबाट मण्डलको मृत्यु

    सप्तरी  ।  कोशी टप्पुमा अर्नाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ का शुभेलाल मण्डलको अर्नाले आक्रमण गर्दा मृत्यु भएको हो।खेतमा काम गरिरहेका बेला उनलाई अर्नाले आक्रमण गरेको हो । अर्नाको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएपनि उनको उपचारको क्रममा मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 346 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।आज राती देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानमा हल्का हि

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 247 पटक पढिएको
  • व्यवसायी दुर्गा प्रसाईंले विभिन्न अदालतमा हालेका दुई रिट खारेज

    काठमाण्डौ  । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विभिन्न अदालतमा हालेका दुई रिट खारेज भएको छ ।रिट खारेज भएसँगै प्रसाईं तत्काललाई प्रहरी हिरासतमै रहनेछन् भने बैंक/वित्तीय संस्थाले उनीबाट ऋण असुली प्रक्रिया अघि बढाउन पाउने भएका छन् ।कम्बोडियाको एक दूरसञ्चार कम्पनीमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अर्बौं रुपैयाँ लगानी रहेको बताएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले प्रसाईंलाई मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।प्रसाइलाई प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम अनुसन्धान निम्ति पक्राउ गरी अन्य कसुर पनि लगाउन ख

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 246 पटक पढिएको
  • काठमाडौंबाट स्रोत नखुलेको लाखौ रकम सहित चारजना पक्राउ

    काठमाण्डौ । काठमाण्डौ सिनामंगलस्थित शम्भुमार्गबाट ६८ लाख नगदसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने  राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका-५ घर भएका युवराज सुवेदी छन्।प्रहरी वृत्त गौशलाबाट मंगलबार खटिएको प्रहरीले प्रदेश.३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त रकमसहित पक्राउ गरेको हो। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 237 पटक पढिएको
  • सुनसरीको पेट्रोल पम्पबाट ग्राहकलाई ठगी

    इनरुवा  ।  सुनसरीमा पेट्रोल पम्पबाट ग्राहक ठगीमा परेका छन् । जिल्लाको देवानगञ्ज गाउँपालिकामा रहेको भगत पेट्रोल पम्पले ग्राहकलाई ठगी गरेको पाइएको हो ।कम परिमाणमा इन्धन बिक्री गरेर बढी परिमाणमा बेचेको पाइएको हो । उक्त घटना सार्वजनिक भएपछि पम्पमा शिलबन्दी गरिएको छ। पाँच हजारको डिजेल किन्दा पाँच लिटर कम भेटिएपछि स्थानीयले गुनासो गरेका थिए।पेट्रोल पम्पले ग्राहक ठगिरहेको गुनासो आएपछि नेपाल आयल निगमका प्राविधिकले उक्त पेट्रोल पम्पलाई शिल गरेका हुन् । आयल निगमका प्राविधिकका अनुसार महिनैपिच्छे पम्पको चेकजाँच हुने र नापतौलका औजारको अवस्था जाँच गरिने भए पनि उक्त पम्पमा प्राविधिक समस्या देख

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 152 पटक पढिएको
  • प्रेमिकाको हत्या आरोपमा प्रेमी जेल चलान

    जलेश्वर  ।   महोत्तरीमा प्रेमिकाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्। महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुंगो लगाएर फर्किने क्रममा विवाद हुँदा प्रेमिका रायको हत्या गरेको आरोपमा उनकै प्रेमीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विवाहको सहमतिपछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुईजनाबिच विवाद भएपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 215 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.