विराटनगर  ।   कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजन अधिकारीले सम्हालेका छन् ।

OM Sai Pathibhara Hospital

मंसिर २७ गते विशेष व्यूरोबाट उनको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएको थियो । अधिकारीले पुस ३ गते कार्यभार सम्हालेका हुन् । जिम्मेवारी सम्हालेपछि अधिकारीले प्रहरीले समाजलाई जीवन्त, गतिशील र सुरक्षित राखी राख्न अहोरात्र खट्नुपर्ने बताए ।

समाजका हरेक पक्षहरू सुरक्षाको जगमा अडेको बताउँदै उनले सुरक्षा नै समाजको मेरूदण्ड रहेको बताए । उनले त्रुटीरहित कार्य सम्पादन गर्न निर्देशन दिए ।सवारी दुर्घटना, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, सहकारी ठगी र अन्य प्रकारका अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा काम गर्ने पनि बताए ।उनले ‘अपराधीलाई डर र निर्दोषलाई भर’ को पहिचान बनाई काम गर्न निर्देशन दिए ।