सप्तरी । कोशी टप्पुमा अर्नाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ का शुभेलाल मण्डलको अर्नाले आक्रमण गर्दा मृत्यु भएको हो।खेतमा काम गरिरहेका बेला उनलाई अर्नाले आक्रमण गरेको हो । अर्नाको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो ।
![OM Sai Pathibhara Hospital OM Sai Pathibhara Hospital](/uploads/advertise/OM Sai Pathibhara Hospital_1685259846.jpg)
अस्पताल पुर्याएपनि उनको उपचारको क्रममा मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।