काठमाण्डौ । काठमाण्डौ सिनामंगलस्थित शम्भुमार्गबाट ६८ लाख नगदसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका-५ घर भएका युवराज सुवेदी छन्।
प्रहरी वृत्त गौशलाबाट मंगलबार खटिएको प्रहरीले प्रदेश.३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त रकमसहित पक्राउ गरेको हो। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।