इनरुवा  ।  सुनसरीको बराहक्षेत्रमा मरेका माछाहरू बिक्री गर्न निषेध गरिएको   छ ।बराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका हाट, बजार र पसलहरूमा भारत लगायतका छिमेकी मुलुकहरूबाट ल्याइएका मरेका माछाहरू बिक्री वितरणमा पूर्ण निषेध गरेको हो ।

नगरपालिकाले उपभोक्ताहरूको अधिकार र स्वास्थ्यलाई ध्यानमा राख्दै मरेका अस्वस्थ कर माछा बिक्री वितरणमा रोक लगाएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।अवैध रूपमा अस्वस्थ कर माछा आउने गुनासो बढेपछि कार्यपालिकाको निर्णयबाटै निषेध गरिएको हो ।

OM Sai Pathibhara Hospital

नगर क्षेत्रको दक्षिण मधुवन क्षेत्रबाट भारतीय सीमा सात किलोमिटरको दुरीमा रहेको छ ।खुल्ला सीमाका कारण भारतबाट प्रतिबन्ध मुङ्ग्री माछा लुकाई छिपाई नेपाल ल्याएर गाउँ–गाउँमा पुर्‍याएर लुकीछिपी बिक्री गर्दै आएको पाइएको छ ।