समाचार

    Showing 11,981-11,990 of 25,765 items.
  • खेतमा लुकाइएको निजी कारबाट गाँजा बरामद

    रौतहट– रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिकबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट इलाका प्रहरी कार्यालय गरुडाको टोलीले उक्त गाँजा फेला पारेको हो। हाल बरामद गरिएको गाँजाको तौल गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।प्रहरीले नियमित चेकजाँचका क्रममा उक्त कारलाई रोक्न खोज्दा चालकले गाडी नथामेर तीव्र गतिमा भाग्न थालेका थिए। पछि प्रहरी टोलीले पिछा गर्दा झाझ खोलानजिकै करिब २० फिट गहिरो खेतमा गाडी छाडेर चालक फरार भएका थिए।प्रहरीले सूचना पाएअनुसार रातो रंगको ब्रेजा कारमार

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 400 पटक पढिएको
  • भारतका उपराष्ट्रपति जगदीप धनखरद्वारा राजीनामा

    नयाँ दिल्ली— भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेका हुन् । । उनले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्ने उद्देश्य राखेका छन ।धनखरले आफ्नो राजीनामा पत्र राष्ट्रपति द्रौपदी मुर्मूलाई सम्बोधन गर्दै पठाएका हुन् । जसमा उनले स्वास्थ्यको हेरचाह र चिकित्सकीय सल्लाहको पालना गर्दै तत्काल प्रभावबाट उपराष्ट्रपतिको पदबाट राजीनामा दिने निर्णय गरेको कुरा उल्लेख गरेको छ ।उनले आफ्नो पत्रमा राष्ट्रपति र प्रधानमन्त्रीको साथसाथै मन्त्री परिषद्लाई पनि उनको कार्यकालमा दिएको अमूल्य समर्थनका लागि

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 617 पटक पढिएको
  • तीन महिनामा तेइस सय बढी विपद्जन्य घटना

    काठमाडौं— गत वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपदजन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपद्मा परेर अझै २० जना हराइरहेका छन् । कुल पाँच सय १२ जना घाइते भएका छन्भने चार हजार ३२३ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिए ।उनका अनुसार मनसुनी विपद्सहितका विभिन्न प्रकारका विपद्जन्य घटनाबाट यसरी जनधनको क्षति भएको हो । बाढीका मात्रै एक सय ५१ घटनामा १३ जनाको मृत्यु र २० जना बेपत्ता भएका छन् । यो धेरैजसो रसुवा बाढीले क्षति पुर्याएको उनले बताए।&nb

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 498 पटक पढिएको
  • कैलालीका वरिष्ठ वन अधिकृत घुससहित पक्राउ

    काठमाडौं—  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ।स्थानीय चुरे गाउँपालिका—६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको हो।आरोपी यादवको साथबाट रु ७ लाख ३१ हजार रकमसहित डिभिजन वन कार्यालयबाट सोमबार साँझ पक्राउ गरेको हो। आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगक प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। 

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 539 पटक पढिएको
  • सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

    चितवन—  सवारीसधानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन्।गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै मृत्यु भएको हो। ठक्कर दिने बलेरो र चालक प्रहरीको नियन्त्रणमा छन्।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 623 पटक पढिएको
  • राष्ट्रिय सभाको बैठक आज बस्दै

    काठमाडौं—  राष्ट्रिय सभाको बैठक आज दिउँसो संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।मंगलबार बस्न लागेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।यस्तै, सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यक्रम पनि तय भएको छ।आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 451 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भैरहेको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 394 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रुपैयाँ नौ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ५१ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 459 पटक पढिएको
  • कोशी प्रदेशमा असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा

    विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी(सीमा), मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई  ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।प्रहरी निरीक्षक चौहानले लागूऔषध नियन्त्रणमा देखाएको सक्रियता र साहसिक कार्यका लागि पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चौहानको नेतृत्वमा भद्रपुर नगरपालिका–५ मा गरिएको चेकजाँचमा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित एक व्यक्ति र कार नियन्त्रणमा लिइयो। भद्रपुर–७ मा प्रहरीले ६ राउ

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 324 पटक पढिएको
  • ‘विद्या भण्डारीको आग्रहमा भेट भएको हो, पार्टीभित्र मतभेद छैन’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको भेटबारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गरेका छन् । च्यासलमा जारी बैठकमा ओलीले पूर्वराष्ट्रपति भण्डारीको आग्रहमा नै भेटघाट भएको जनाइएको छ । उनले एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोदेखि सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए  ।उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीको आग्रहमा नै हिजो पार्टी कार्यालयमा भेट भएको हो । भेटका क्रममा एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोबारे र सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको छ ।’त्

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 258 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.