समाचार

    Showing 11,901-11,910 of 25,764 items.
  • २३ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा विहीबार (आज) सुनको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य विहीबार तोलामा २ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलाको २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 537 पटक पढिएको
  • २ वर्षको ठेक्का लगेको पुल नौ महिनामै तयार,प्रधानमन्त्रीले दिए धन्यवाद

    काठमाडौं – कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल सुरु भएको नौ महिनामै सम्पन्न भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत आफूले विकासमा खोजेको यस्तै तीव्रता रहेको बताउँदै निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाइ धन्यवाद दिए । उनले लेखेका छन्,‘हामीले विकासमा खोजेको यस्तै तीव्रता हो । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद !’ नौ करोड तीन लाख ७८ हजार ६८ रुपैयाँ लागतमा पुल निर्

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 325 पटक पढिएको
  • स्कुटर दुर्घटना हुँदा २५ वर्षीय युवतीको मृत्यु

    काठमाडौं— राजधानीको कमलादीमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भएर वनस्थली बस्ने २५ वर्षीय समीक्षा रिजालको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए।बिहीबार बिहान साढे २ बजेतिर प्रज्ञाभवन अगाडी सडकमा रिजालले चलाएको बागमती प्रदेश–०२–०३४ प ३४५८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको हो ।स्कुटर विद्युतको पोलमा ठोक्किएपछि प्रहरीले रिजाललाई उपचारको लागी ट्रमा सेन्टरमा पठाएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 568 पटक पढिएको
  • आव २०८१/८२ मा कोशी प्रदेश प्रहरी लागूऔषध नियन्त्रणमा आक्रामकः १ हजार ९ सय ८५ जना पक्राउ

    विराटनगर— कोशी प्रदेश प्रहरीले लागूऔषधको ओसार–पसार र प्रयोग नियन्त्रणमा आक्रामक रणनीति अपनाउँदै यो आर्थिक वर्ष २०८१/८२ मा चरेश, अफिम, ब्राउनसुगर तथा विभिन्न मनोसामग्री औषधीसहित १ हजार ९ सय ८५ जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार समातिएका मध्ये १ हजार ८ सय ८८ जना पुरुष र ९७ जना महिला छन्। लागूऔषधका कारण समाजमा हत्या, लुटपाट, चोरी जस्ता अपराधको जोखिम उच्च हुने भएकाले यसलाई नियन्त्रण र निरुत्साहन गर्दै शान्ति सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यका साथ प्रहरी सक्रिय बनेको हो।कोशी प्रदेश प्रहरीद्वारा सार्वजनिक तथ्याङ्कअनुसार ब्राउन सुगरः ५ किलो ४८९ ग्राम, चरेशः ३ ग्राम ५८८ मिलिग्राम, अफिमः १५ ग्र

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 620 पटक पढिएको
  • १५ दिनअघि मात्र भक्तपुर सरेका दिदीबहिनी डेरामै मृत भेटिए

    भक्तपुर— भक्तपुरको बोडेस्थित सन्टीटारमा डेरा गरी बस्दै आएकी दुई किशोरी दिदीबहिनी मृत अवस्थामा फेला परेका छन्।सुर्खेत जिल्ला, पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कडेल र १५ वर्षीया श्रृजना कडेल आज बिहान आफ्नै डेरामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।उनीहरू भक्तपुरको बोडेमा चक्रधर प्रजापतिको दुई तले घरको भुइँतलामा डेरा गरी बस्दै आएका थिए। दुबै दिदीबहिनी झण्डै १५ दिनअघि मात्र काठमाडौं उपत्यका सरेका थिए।प्रहरी घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। मृत्युको कारण भने खुलेको छैन् । आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ।घटना बारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरी परिस

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 477 पटक पढिएको
  • सप्तरीमा शङ्कास्पद अवस्थामा दुई शव फेला, फरार दुई अभियुक्त पक्राउ

    सप्तरी— सप्तरीको राजगढ गाउँपालिकामा दुई जनाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ।राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलमा बुधबार एक पुरुषको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार शव स्थानीय गुलाब सिंहको धानखेतमा भेटिएको हो। करिब ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् भने मृतकको पहिचान खुल्न सकेको छैन।प्रवक्ता बस्नेतका अनुसार मृतकले मुस्लिम समुदायका व्यक्तिले लगाउने खालको लुगा लगाएका थिए। शवको पहिचान तथा मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ।त्यस्तै, राजगढ गाउँपालिका–३ मा मङ्गलबार अर्को युवकको शव झुन्डिएको अवस्था

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 478 पटक पढिएको
  • आजको प्रतिनिधिसभा बैठक बस्दै, दुई विधयक प्रस्तुत हुने

    काठमाडौं— प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।    आजै तीन वटा संसदीय समितिका बैठकसमेत बस्दैछन्। प्रति

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 485 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।   देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती र गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 405 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ प

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 467 पटक पढिएको
  • सरकार र व्यवसायीबीचको अविश्वास अन्त्य गर्न मन्त्री भण्डारीको आग्रह

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली व्यवसाय क्षेत्रका समस्याको समाधान सरकारी नीतिगत सुधार र व्यवसायीको सक्रिय सहकार्यबाट मात्र सम्भव हुने बताएका छन् ।व्यवसायीक क्षेत्रका समसामयिक विषयमा आयोजित संवाद तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले हाल देखिएका समस्याहरु राज्य र निजी क्षेत्र दुवैको भूमिकाका कारण आएको उल्लेख गर्दै त्यसको समाधान पनि संयुक्त प्रयासबाटै खोजिनुपर्ने बताएका हुन् ।‘आज जति पनि व्यवसायीक क्षेत्रका समस्या छन् त्यो हाम्रै कारणले आएका हुन् र हामीले नै समाधान गर्नुपर्ने हुन्छ,’ मन्त्री भण्डारीले भने, ‘हामीले बनाएको बजार प्रणाली, सञ्चालन भईरहेक

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 261 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.