भक्तपुर— भक्तपुरको बोडेस्थित सन्टीटारमा डेरा गरी बस्दै आएकी दुई किशोरी दिदीबहिनी मृत अवस्थामा फेला परेका छन्।
सुर्खेत जिल्ला, पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कडेल र १५ वर्षीया श्रृजना कडेल आज बिहान आफ्नै डेरामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
उनीहरू भक्तपुरको बोडेमा चक्रधर प्रजापतिको दुई तले घरको भुइँतलामा डेरा गरी बस्दै आएका थिए। दुबै दिदीबहिनी झण्डै १५ दिनअघि मात्र काठमाडौं उपत्यका सरेका थिए।
प्रहरी घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। मृत्युको कारण भने खुलेको छैन् । आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ।
घटना बारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।