समाचार

    Showing 11,701-11,710 of 19,794 items.
  • नेप्से परिसूचकमा २१.६७ अङ्कको गिरावट

    काठमाडौं ।  यो साता कारोबारको लगातार तीन दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक आज चौथो दिन भने दोहोरो अङ्कले घटेको छ । आज परिसूचक २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ को विन्दुमा कायम भएको हो ।आज तीन सय १३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार एक सय १० कित्ता शेयर ९५ हजार छ सय ४५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह दुई दशमलव ०४ प्रतिशतले घटेको छ ।सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 226 पटक पढिएको
  • राजश्व छली आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ, व्यापारीहरू आन्दोलित

    सर्लाहि । राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र मिर्चैयाका व्यवसायीहरु गरी चार जनालाई प्रहरीले पक्राउ गरेको । चारै जनालाई राजश्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरुलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ ।यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि व्यवसायीहरु सोनारपट्टी बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर बिरोध प्रदर्शनमा उत्रिका छन् । कारखानाबाट गहना बनाएर पसल लैजाँदै गर्दा प्रहरीले व्यवसायीलाई

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 266 पटक पढिएको
  • माघ २२ गते देशभर फिल्म हल बन्द

    काठमाडौँ । चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आगामी माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गर्ने भएको छ ।सङ्घका महासचिव नरेन्द्र महर्जनले मूल्य अभिवृद्धि बाहेकका अन्य अव्यावहारिक कर खारेजीको माग गर्दै आन्दोलनस्वरूप उक्त एक दिन नेपालभर कुनै पनि चलचित्र भवन सञ्चालन नगर्ने निर्णय गरिएको बताए ।‘विभिन्न करका नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य भएका छौँ । हाम्रो व्यवसाय नहुँदा हामीलाई अप्ठ्यारो परेको छ’, महासचिव महर्जनले भने, ‘मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत चलचित्र विका

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 363 पटक पढिएको
  • मलेसियाको सत्रौँ राजाको रूपमा सुल्तान इब्राहिम

    काठमाडौँ । सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहवीच मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिएका हुन् । पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्ने छन ।प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित भएका थिए । उनका पूर्ववर्ती पाहाङ राज्यका शासक सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले मङ्गलबार आफ्नो कार्यकाल पूरा गरेपछि उनको नियुक्ति भएको हो ।मलेसिया संवैधानिक राजतन्त्रात्मक मुलुक हो । यहाँ नौ सुल्तान वा शासकहरू छन् । उनीहरूले आ–आफ्नो

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 168 पटक पढिएको
  • सप्तकोशीमा हामफालेका एक पुरुषको सकुशल उद्धार

    सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र स्थित कोशी नदीमा हामफालेका एक जना पुरुष मानिसको सकुशल उद्धार गरिएको छ । आज बिहान पौने ९ बजे ६० बर्षीय पुरुष मानिस नदीमा हाम फालेको जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली खटि गई स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको हो । उद्धार गरिएका पुरुषलाई प्रहरीले सम्झाई बुझाई आफन्तको जिम्मा लगाएको छ ।

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 257 पटक पढिएको
  • डाक्टर रन्जितलाई १० हजार क्षतिपूर्ति दिन सिफारिस

    झापा  ।   डाक्टर रन्जितलाई १० हजार क्षतिपूर्ति दिन सिफारिस गरेको छ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली भनेर पक्राउ गरेका महोत्तरीको पिपरा गाउँपालिका–८ का सक्कली डाक्टर रन्जित कुमार यादवलाई  १० हजार क्षतिपूर्ति दिलाउन मानव अधिकार आयोगले उक्त सिफारिस गरेको छ। सीआईबीले आफूलाई गत साउन २५ गते गैरकानूनी रुपमा पक्राउ गरी थुनामा राखेको र मानसिक यातना दिएको भन्दै डाक्टर यादवले आयोगमा उजुरी दिएका थिए।

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 264 पटक पढिएको
  • हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

    काठमाडौं । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको बिफ्रिङ लिएका छन।नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो।वि.सं. २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग वि.सं. २०५६ सालदेखि उत्पादन बन्द भएप

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 283 पटक पढिएको
  • जीप दुर्घटना, २ जना भुटानी नागरिकको मृत्यु

    काठमाण्डौ    ।   सिन्धुपाल्चोकको हेलम्बु वडा नम्बर १ मा रहेको दोरिङ भिरमा पयर्टक चढेको बा २ च ४४५० नम्बरको जीप दुर्घटना हुँदा २ जना भुटानी नागरिकको मृत्यु भएको छ ।मृत्यु हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुर्घटनामा एक नेपाली र ४ जना भुटानी नागरिक घाईते भएका छन्।

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 193 पटक पढिएको
  • बसले ठक्कर दिँदा चितवन कांग्रेसका नेता तथा पूर्वमन्त्रीको मृत्यु

    चितवन  ।   नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्व बागमती प्रदेशका मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ। पोखराबाट कावासोतीतिर जाँदै गरेको जन्तीको बसले आज(बुुुधबार) दिउँसो गैंडाकोटको कालीगण्डकी चोकमा ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो । गम्भिर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो।गैँडाकोट प्रहरीका अनुसार गैँडाकोटको कालीगण्डकी चोकमा उनी सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ग १ ख ८५४७ नम्बरको जन्ती बसले ठक्कर दिएको थियो । भरतपुर महानगरपालिका–१७ शारदानगरका ६३ वर्षीय पौडेल बिगतमा बागमती प्रदेशको सहकारी तथा भूमिसुधार मन्त्री भएका थिए । 

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 385 पटक पढिएको
  • रुखले किचेर एक जनाको मृत्यु

    तेह्रथुम  ।  तेह्रथुमको म्याङलुङ नगरपालिका ६ निरौला गाँउ बस्ने ५३ बर्षीय डिल्ली प्रसाद निरौलाको रुखले किचेर मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजे आफ्नै बारीमा रहेको उत्तिसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाँउकोमा लागी गम्भिर घाईते भएका निरौलाको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा हिजो साढे २ बजे मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 237 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा