समाचार

    Showing 11,701-11,710 of 23,643 items.
  • आज काठमाडौंसहित यी स्थानमा हुनेछ वर्षा

    काठमाडौं  ।  काठमाडौंसहित देशका केही स्थानमा आज मध्यम वर्षाको सम्भावना रहेको छ ।बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले वर्षाको सम्भावना बढेको हो ।मौसमविद्हरुका अनुसार आज वाग्मती, कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । दिउँसो काठमाडौं उपत्यकामा हल्का वर्षा हुनेछ ।काठमाडौंका केही स्थानमा हल्का र केही स्थानमा फाट्टफुट्ट वर्षाको सम्भावना छ । ठुलो हावा र वर्षा नभएसम्म काठमाडौंको प्रदुषण भने घट्ने सम्भावना नरहेको बताइएको छ ।

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 409 पटक पढिएको
  • काठमाडौंमा मिटरब्याज पीडितहरूको प्रदर्शन

    काठमाडौं— सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।सोमबार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गरेका हुन् ।सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन ।उनीहरुले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरुलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरुको वचत अपचलन गर्ने ठगहरु विश्वासघातीहरुको सात पुस्ते सम्पनी जफत गरेर शिघ्र पीडितहरुलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नाला

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 288 पटक पढिएको
  • तीनकुनेको घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ

    काठमाडौं— तीनकुनेमा चैत १५ मा भएको राजावादीको प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको आंशकामा कुँवरलाई पक्राउ गरेको हो । अभिनेत्री समेत रहेकी कुँवरले उक्त घरको गेटमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले जानकारी दिए ।जिसीका अनुसार कुँवरलाई ललितप

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 353 पटक पढिएको
  • काठमाडौं महानगरः मेयरदेखि कर्मचारीले पाए तीन महिनादेखिको तलब

    काठमाडौं— काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले तीन महिनाको तलब पाएका छन् । कर्मचारीको खातामा आज तलब पठाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।कुचीकारदेखि मेयरसम्मका पाँचहजार बढी कर्मचारी र जनप्रतिनिधिको बैंक खातामा आज (सोमबार) तलब पठाइएको मान्धरले बताए। लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिले तलब पाउन सकेका थिएनन् । चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा हाजिर गरेपछि तलबको प्रक्रिया अगाडि बढेको थियो ।

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 335 पटक पढिएको
  • दाउन्ने सडकखण्डः चैत २७ देखि वैशाख १५ सम्म बाटो बन्द गरेर भएपनि काम गरिने

    काठमाडौं— नारायणघाट–बुटबल सडकखण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडकखण्डको विस्तार गर्न दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरी काम गरिने भएको छ। सोमबार एक सूचना जारी गर्दै सडकविस्तार गर्न ४ देखि ६ घण्टा बाटो बन्द गरेर काम गरिने भएको हो ।चैत २७ गतेदेखि वैशाख १५ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरिने जनाएको छ । त्यसै गरी बैशाख १ गतेदेखि बैशाख १५ गतेसम्म प्रत्येक दिन राती ११ बजे देखि भोलिपल्ट बिहान ५ बजेसम्म दाउन्ने सडकखण्ड हुँदै गुड्ने सवारी साधनलाई रोकेर सडक निमार्ण गरिने भौतिक पूर्वाधार तथा मन्त्रालय सडक विभाग आयोजना निर्देशनालय (ए.डि.बी) काठमाडौंले जनाएको छ ।ट्रक, टिप

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 346 पटक पढिएको
  • शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विगतमा नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ ।माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै संसद्को विशेष अधिवेशन वा अन्य उपायबाट सो ऐन जारी गरी आन्दोलनरत शिक्षकलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गरे ।शिक्षा क्षेत्रमा गुणात्मक सुधार आजको आवश्यकता भएको औँल्याउँदै माओवादी केन्द्रले विद्यालयस्तरमा लामो समयदेखि कार्यरत शिक्षकका लागि उत्प्रेणामुखी वातावरण सिर्जना गर्दै उनीहरूको पेसागत सुरक्षा अनिवार्य सर्त भएको जनाएको छ ।मा

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 346 पटक पढिएको
  • रवि लामिछाने रूपन्देही कारागार चलान

    भैरहवा (रूपन्देही) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् । दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएका लामिछाने आज जिल्ला कारागार चलान भएका हुन् ।आज बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उनलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि उनलाई थुनुवा पुर्जी दिइएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेस गरेलगत्तै थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर कारागार लगिएको थियो । जिल्ला प्

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 206 पटक पढिएको
  • कृषकलाई चैते धानको बीउ अनुदानमा

    गण्डकी । पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बीउ अनुदानमा उपलब्ध गराएको छ ।महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।चैते धानखेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उहाँले यस वर्ष पनि प्रतिरोपनी रु ५०० का दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिए । महानगरपालिकाअन्तर्गत वडा नं २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धानखेती गर्दै आएका छन् ।  

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 437 पटक पढिएको
  • गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक, घोषणामै सीमित

    तिलोत्तमा (रुपन्देही) । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ ।नगरपालिकाले गुट्खाजन्य पदार्थ बिक्रीवितरण नियन्त्रण गर्नेसम्बन्धी कार्यविधि, २०७९ भनी कार्यविधि पनि बनायो । सो कार्यविधिमा गुट्खाजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्य र सहरी सौन्दर्यमा समेत गम्भीर असर पर्ने देखिएको उल्लेख गरिएको छ ।गुट्खाजन्य पदार्थको बिक्रीवितरण कार्यको अनुगमनका लागि सो कार्यविधिको दफा ६ को उपदफा १ मा नगरस्तरीय अनुगमन समितिमा नगर उपप्रमुख संयोजक रहने गरी आर्थिक विकास स

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 429 पटक पढिएको
  • वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ । गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाई गरेपछि अर्थ मन्त्रालयले तिम्सिनालाई उक्त जिम्मेवारी दिएको हो । नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको उनको सचिवालयले जनाएको छ ।गभर्नर नियुक्ति सिफारिस गर्नका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको छ । 

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 357 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.