काठमाण्डौ । गृह मन्त्रालय ले देशभरका इजाजत प्राप्त हतियारको विवरण मागेको छ। सोमबार सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण २४ घन्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।हिजो सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध ग
काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत एक हजार ३०८ जना प्रहरी जवानहरुलाई सहायक हवल्दार पदमा बढुवा गरिएको छ । बढुवा समिति बैठकको निर्णय अनुसार मंगलबार उनीहरुलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो ।जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।हेर्नुहोसु सूची :
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका दललाई निर्वाचन चिह्न प्रदान गरेको छ ।इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका १९ दललाई दर्ता गरी निर्वाचन चिह्न प्रदान गरेको हाे ।निर्वाचनमा राजनीतिक दलका रुपमा मान्यता प्राप्त गर्न राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताको निवेदन दिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १५ मा भएको कानुनी व्यवस्था बमोजिम इलाममा २० र १९ राजनीतिक दललाई दर्ता गरिएको छ ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो मधेस प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।राति कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली, मधेस
काठमाडौं । सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित दुर्गा प्रसाइका बडिगाड पक्राउ परेका छन। पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेका प्रहरीले बताएको छ।अत्याधुनिक हतियार सहित अदालतको प्रवेश गेटबाट उनलाई त्यहाँ कार्यरत सुरक्षाकर्मीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन। निज खड्काबाट प्रहरीले बरामद गरेको हतियार देखेर नेपाली सेना समेत अचम्मित परेको छ ।उक्त हतियार जर्मन: Maschinenpistole 5) एमपी फाइभ गन भएको र उक्त हतियारमा ९ एमएमको गोली लाग्ने सैनिक स्रोतले बतायो ।स
काठमाडौँ । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।पश्चिम रुकुमबाट काठमाडौँ हिँडेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ ५ बजेर २० मिनेटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सात जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बतायो । घाईतेहरुको उद्धार कार्य जारी छ । रातको समय भएकाले उद्धारमा कठिनाई भएको छ । सडकदेखि १५० मिटर तल खस्न गई बस दुर्घटना भएको घटनास्थलमा हालसम्म २५ घाइतेको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।
झापा । असम,गुवाहाटी,स्थित ग्लोबल हुमैन राइट्स प्रोटेक्सन फोरम द्वारा आयोजित संस्थाको बार्षिकोत्सव कार्यक्रममा विश्वका मानव अधिकारको संरक्षण क्षेत्रमा काम गरेका भारत, नेपाल, बंगलादेश लगायतका दक्षिण एसियामा कार्यरय सामाजिक अभियन्ता हरुलाई विभिन्न प्रकारका एवार्ड प्रदान गरेको छ।जसमा उक्त संस्थाको नेपाल अध्यक्ष तथा मधेशी दलित गैरसरकारी संस्था महासंघको राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवानलाई भगवान बुद्ध ग्लोबल एकसलेन्सी सर्भिस एवार्ड, समाजिक अभियन्ता मानवअधिकारकर्मि आजपा कि नेतृ सुनिता साहलाई सुभाष चन्द्र बोस फेलोसिप, नबल किसोर साहलाई भुपेन हजारिका फेलोसिप,गीता पासवान,सिकिन पासवान बिभा पासवान,अन
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। सोमबार बिहान कपिलबस्तुबाट पक्राउ गरिएको आइजिपी बसन्त कुँवरले बताएका छन।सोमबार बिहान धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट महरालाई प्रहरीले पक्राउ गरेको हो। महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ। महरालाई सोमबार बिहानैदेखि प्रहरीले निगरानीमा राखेको थियो। उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरलाइन्सको जहाज मार्फत काठमाडौं ल्याइएको हो।महरामाथि सुन तस्करीमा संलग्न रहेको आरोप छ। ९ किलो सुन तस्करी प्रक
काठमाण्डौ । रुपन्देहीमा सवारी दुर्घटनामा परी मालपोत कार्यालयका अधिकृतको मृत्यु भएको छ । आइतबार राती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको दुर्घटनामा परी रुपन्देहीको मझगावास्थित मालपोत कार्यालयका मालपोत अधिकृत ४२ वर्षिय तिलक बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको हो ।मृतक रावत रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित मझगावा मालपोत कार्यलयमा कार्यरत थिए ।राती करिब ८:५० बजे भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा मोटरसाइकल चालक रावत
काठमाण्डौ । धनुषाकी आरती साहको मृत्यु प्रकरणमा उनकी सासू रेणुदेवी साह पक्राउ परेकी छिन् । उनलाई कर्तव्य ज्यान मुद्दामा आज अपराह्न साढे ४ बजे जनकपुरधाम उपमहानगरपालिका-४ मुरलीचोकबाट पक्राउ गरिएको हो । रेणुलाई भोलि अदालतमा पेश गरिने धनुषा प्रहरीले जनाएको छ ।आरती साह गत जेठ ७ गते जनकपुर उपमहानगरपालिका ९ थापाचोक स्थित श्रीमानको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसपछि आरतीको माइती पक्षले उनका श्रीमान मोतिबाबु, ससुरा मदनमोहन, सासू रेणुदेवी र देवर रवि साहविरूद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए ।असार ३ गते भएको थुनछेक बहसपछि जिल्ला अदालत धनुषाले दुवैलाई पुर्पक्षका लागि थुनामा पठा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.