काठमाडौं— नेपाली बजारमा आज सुन उच्च मूल्यबाट २०० रुपैयाँ घटेर कारोबार भएको छ । आज सुन एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला दुईहजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।