काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को निम्ति भएको मिनि अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् ।
शनिबार काठमाडौंमा जारी अक्सनमा छनोट गरिएका १५० खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए भने पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् ।
‘ए’ श्रेणीका चार खेलाडीलाई जनही १५ लाख रूपैयाँमा खरिद गरिएको छ ।सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ ।
देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाडौं गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्नेछन् । ।
यस्तै ,काठमाडौं गोर्खाजले भने आवश्यक खेलाडी खरिद गरिसकेर खेलाडी पूरा गर्ने पहिलो टोली बनेको छ । अब विदेशी कोटामात्र बाँकी रहेको छ ।
मिनि अक्सनबाट काठमाडौंले थप ५ खेलाडी खरिद गरेको छ । क्याटगोरी ‘ए’ बाट आदिल अन्सरीलाई १५ लाख, क्याटगोरी ‘बी’ बाट सन्तोष यादवलाई १० लाख र आकाश त्रिपाठीलाई ७ लाख तथा क्याटगोरी ‘सी’ बाट तुलबहादुर थापालाई २ लाख र उत्तम रंगु थापा मगरलाई ३ लाखमा अनुबन्ध गरेको हो ।
टिम काठमाडौंमा करण केसी (मार्की), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, आदिल अन्सरी, सन्तोष यादव, आकाश त्रिपाठी, तुलबहादुर थापा र उत्तम रंगु थापा मगर रहेका छन् ।
कार्यक्रमा रोहित पौडेलले अक्सनमा आफूले सोचेको ७० प्रतिशत मेल खाएको बताए । पहिलो भन्दा दास्रो सिजनमा राम्रो खेल्ने विश्वास उनले व्यक्त गरे ।
उनले भने,‘आफूले सोचेको ७० प्रतिशत मेल खाएको छ । खुसी छु म । यो सिजनमा चाँही राम्रो गर्छु भनेर आत्माविश्वास पनि छ । बलिङमा यो पाली हाम्रो राम्रो छ ।’
त्यस्तै सन्दीप लामिछानेले सूर्य तामाङ जस्तो क्रिकेटर आफ्नो टिममा आवद्ध गर्न पाउँदा खुसी लागेको बताए ।