समाचार

    Showing 10,841-10,850 of 19,751 items.
  • बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा

    काठमाण्डौ  ।   भैरहवा विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको छ।भैरहवामा बुद्ध एयरको जहाज रनवेमा चिप्लिएर धावनमार्गबाहिर पुगेको छ । जहाज अवतरण गर्ने बेलामा चिप्लिएको थियो । ५९ यात्रु बोकेर भैरहवा गएको उडान नम्बर ८०५ को जहाज पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा भारी वर्षाका कारण चिप्लिएको बताइएको छ ।  बिहिबार राति ९ बजेको समयमा काठमाडौंबाट भैरहवा गएको नाइन एन-एओसी जहाज रनवेमा चिप्लिएको हो। उडान नम्बर ८०५ को सो जहाज भारी वर्षाका कारण चिप्लिएको बताइएको छ।विमानस्थल सुरक्षा प्रहरीका अनुसार जहाजकाे केही भाग घाँसे मैदानमा पुगेकाे थियाे। बुद्ध एयरका

    • प्रकाशित मितिः असार २८, २०८१
    • 381 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका अधिकांश तथा कर्णाली र सुदूरपश्‍चिमका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका थोरै तथा सुदूरपश्

    • प्रकाशित मितिः असार २८, २०८१
    • 406 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । मनसुनी वायुको प्रभाव न्यून चापीय रेखा उत्तरतर्फ नेपाल नजिक रहँदा देशभर साधारणता बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।अहिले बिहान बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहनेछ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  के

    • प्रकाशित मितिः असार २७, २०८१
    • 327 पटक पढिएको
  • रामेछापमा सुमो दुर्घटना: एकको मृत्यु, सात घाइते

    काठमाडौं— रामेछापमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ घाइते भएका छन्। मृत्यु हुनेमा मन्थली नगरपालिका–७ भटौली रोकेछापकी मैयाँ विक रहेकी छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सदरमुकाम मन्थलीबाट खाँडादेवी गाउँपालिका–९ पिङ्खुरी जाँदै गरेको प्र ३–०१–०२३ च ३९०९ नम्बरको सुमो मंगलबार साँझ मन्थली नगरपालिका–७ भटौलीको कल्लेरीमा दुर्घटना भएको हो। घाइतेको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः असार २६, २०८१
    • 321 पटक पढिएको
  • आज कोशी र मधेस प्रदेशमा अधिक वर्षा हुने

    काठमाडौं— अहिले देशभर मनसुनी वायुको प्रभाव छ। जसका कारण काठमाडौं उपत्यकासहित देशभरका विभिन्न ठाउँमा गएराति देखि नै वर्षा भइरहेको छ।मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा  सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक

    • प्रकाशित मितिः असार २६, २०८१
    • 420 पटक पढिएको
  • स्पेन युरोकपको फाइनलमा, फ्रान्स २-१ ले पराजित

    काठमाडौं— स्पेन युरो कपको फाइनल प्रवेश गरेको छ। बुधबार बिहान म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि युरो कपको फाइनल प्रवेश गरेको हो।फ्रान्सका रान्डल कोलो मुआनीले टिमलाई सुरुवाती अग्रता दिलाए पनि त्यो पर्याप्त भएन। फाइनलसम्म अपराजित स्पेनको लागि फ्रान्सविरुद्ध लामिन यमल र डानी ओल्मोले गोल गरे।सेमिफाइनलको सुरुवाती ९ मिनेटमै खेलमा अग्रता लिएको फ्रान्स त्यसलाई जोगाउन नसक्दा समेमिफाइनलबाट बाहिरिएको हो। फ्रान्सका कप्तान केलियन एमबाप्पेले दिएको पासमा खेलको ९ मिनेटमै मुआनीले हेड गोल गरेका थिए।खेलको २१औं मिनेटमा स्पेनका लागि यमलले गोल गर्दै खेल बराबरीमा फर्काए भन

    • प्रकाशित मितिः असार २६, २०८१
    • 335 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डक

    • प्रकाशित मितिः असार २६, २०८१
    • 253 पटक पढिएको
  • विराटनगरमा मध्यरातमा ग्याङफाइट, कटहरीका करणको मृत्यु

    विराटनगर— मध्यरातमा विराटनगरमा भएको ग्याङफाइटमा एक युवकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । दुई समूहबीच भएको झडपका क्रममा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो ।विराटनगर महानगरपालिका– २ नेपाल टेलिकमको अफिस नजिकै  झडप हुँदा कामतका साथी कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरूको कोखा र ढाडमा गम्भीर चोट लागेको छ ।घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विराटनगर–११ का २० वर्षीय सोनु गिरी, ताप्लेजुङका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरका २० वर्षीय सञ्जय गिरी र मोरङ रंगेलीका १६ वर्षीय ए

    • प्रकाशित मितिः असार २५, २०८१
    • 491 पटक पढिएको
  • मुकुल भन्छन्— रवि लामिछानेको क्लबबाट निष्कासित भएको हुँ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीलगायत पार्टीको जिम्मेवारीबाट बर्खास्त गरेपछि डा. मुकुल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्। पार्टीको निर्णय सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै आफू लामिछानेको क्लबबाट निष्काशित भएको बताएका हुन्।‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन ,रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन,घण्टी बज्न रोकिँदैन, बाँकी कुरा भोलि,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।रास्वपाले निलम्बित महामन्त्री ढकाललाई पार्टीका सम्पूर्ण जिम्

    • प्रकाशित मितिः असार २५, २०८१
    • 553 पटक पढिएको
  • नारायणी नदी किनारमा तीन जनाको शव फेला

    काठमाडौं— नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको छ। पूर्व नवलपरासीस्थित गैँडाकोट नगरपालिका–१ मजुवा सामुदायिक वन नजिकै नदी किनारमा तीन जनाको शव फेला परेको हो। प्रहरीका अनुसार मंगलबार बिहान १० बजेको समयमा त्यहाँ २ जना पुरुष र एक महिलाको शव फेला परेको हो।अन्दाजी ६० र ४५ वर्षीय पुरुष र अन्दाजी ४५ वर्षीया महिलाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। माछा मार्न गएका केही व्यक्तिहरुले तीन शव देखेपछि प्रहरीमा खबर गरेका थिए। शवको प्रकृती हेर्दा अन्तबाट बगाएर ल्याएको हुनसक्ने प्रहरीको भनाइ रहेको छ। उक्त घटनाबारे प्रहरीले अनुसन्धान अघि

    • प्रकाशित मितिः असार २५, २०८१
    • 259 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा