काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आएकी छन् । 

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी शनिबार नेपाल आएकी हुन् । भियतनामको तर्फबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपति सुआन यही भदौ ७ देखि ९ गतेसम्म नेपाल रहने छन् । 

भ्रमणको क्रममा, दुई उपराष्ट्रपतिले काठमाडौंमा हुने नेपाल–भियतनाम द्विपक्षीय बैठकमा आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने उपराष्ट्रपति जुआनले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र शिष्टाचार भेटवार्ता गर्नेछन् ।