काठमाडौं–अविरल वर्षापछि खसेको पहिरोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा हिजो साँझ गएको थियो । स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमश: १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो । साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही भएन् । सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।राती देशभर आंशिक देख
काठमाडौं–हिजो भएको सौर्य विमान दुर्घटनामा १८ जनाको ज्यान गयो । तर पाइलटलाई सकुशल उद्दार गरिएको छ । दुर्घटना हुँदा, विमानको बाँकी भागमा आगो लाग्नु केही सेकेन्ड अघि ककपिट अलग भयो । ककपिट अलग भएपछि पाइलटलाई जीवितै उद्धार गर्न सफल भएको उद्धारकर्ताहरुको भनाई छ । हिजोको मात्रै नभएर नेपालमा मानवीय क्षति भएको जहाज दुर्घटनामा हालसम्म बाँच्न सफलमध्ये मनीषरत्न शाक्य मात्रै एक पाइलट हुन् ।अस्पतालमा उपचाररत उनी कुरा गर्न सक्छन् । उद्धारकर्ताहरूले विमानको ककपिट भाग नजिकै आगो पुग्दा घाइते पाइलटसम्म पुगेको बताए । एयर शिल्ड खुला भएकाले पाइलटलाई सास फेर्न गाह्रो भएन् । त्यसपछि उनलाई तुरुन्तै झ्याल तोडेर बाहिर न
काठमाडौं–खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६७ जना प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार (हिजो) आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । २०८० कात्तिक ३ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८१ असार ९ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६७ र खुलातर्फ २९ जना गरी कुल ९६ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन् । नेपाल सर
काठमाडौं–सार्वजनिक खरिद अनुगमन कार्यालयलले १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिसका आधारमा प्रक्रिया अगाडि बढाइएको हो । पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि ती कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको हो ।जारी सूचनमा निएको छ, ‘सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न हुन सम्बन्धित निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूको जानकारीका लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४ क) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।’
काठमाडौं–प्रहरी सेवाबाट सेवानिवृत्त प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई विदाई गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विदाई गरेका हुन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास एवम् सुदृढिकरणका लागि संगठनबाट सुम्पिएका हरेक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको बताए । सरोकारवाला निकायको समन्वयमा शैक्षिक तथा स्वास्थ्य सेवाको विस्तार लगायत नीतिगत निर्णयबाट सांगठनिक सुधारको क्षेत्रमा उपलब्धीमूलक कार्य भएको
काठमाडौं–हिजो (बुधवार) सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शव परीक्षण सुरू भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण भइरहेको छ । सबैको पोष्टमार्टम गरिसकेर परिवार र आफन्तलाई शव जिम्मा लगाइने छ । त्रिविको जनशक्तिले मात्रै नभ्याउने भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत चिकित्सक बोलाइएको छ । एक जनाको शव पत्ता लगाउनका लागि चार घण्टासम्म लाग्छ । मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान गरेर भोीसम्म बुझाउने तयारी छ । पूर्ण रुपमा जलेका शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दा
काठमाडौं–अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी १ सय ३३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ३३ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम
काठमाडौं–नेपालमा हिजो भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनासहित दुर्घटनाको सङ्ख्या १०८ पुगेको छ । विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिकतर्फको व्यावसायिक उडानमा हिजो भएको दुर्घटनासहित ९६९ जनाले ज्यान गुमाइसकेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार मानवीय क्षति भएको जहाज दुर्घटनामा हालसम्म बाँच्न सफलमध्ये मनीषरत्न शाक्य मात्रै एक पाइलट हुन् । प्राधिकरणका अनुसार हालसम्म मानवीय क्षति भएको दुर्घटनामा कुनै पनि पाइलट बाँच्न सफल भएका छनैनन् । यसबाट नेपाली आकाशमा उडान भर्ने चालक दल पनि सशङ्कित हुँदै
काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको विमान दुर्घटनामा १८ जनाको शव फेला परेको छ । नागरिक उड्डयन प्राधिकरणले यसबारे जानकारी गराएको हो । विमानका पाइलट क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । उनको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको छ । विमानमा जम्मा १९ जना सवार थिए । सौर्य एयरलाइन्स कम्पनीको विमान बिहान ११:३० बजे काठमाडौंबाट पोखराका लागि उडेको केही समयमा त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सो एयरलाइन्सको ९ एन एएमई जहाज आज विहान दुर्घटना भएको थियो । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.