काठमाडौं— हैजा फैलिएपछि वीरगन्ज महानगरपालिकाका सम्पूर्ण विद्यालयहरू ३ दिनका लागि बन्द गरिने भएको छ । महानगरपालिकाका अनुसार बुधबारदेखि शुक्रबारसम्म सबै विद्यालय बन्द गरिने भएको हो ।
मंगलबार नगरप्रमुस्तरीय बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । साथै विद्यालयका शिक्षक र कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ । सोमबार साँझ ६ बजे सम्ममा महानगरका विभिन्न अस्पतालमा गरी हैजा संक्रमितको संख्या ९३ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरगन्जबाट हैजाको आशंकामा पठाइएका बिरामीको नमुना परीक्षण गर्दा आठमा हैजाको संक्रमण पुष्टि गरेको छ ।
१० वटा नमुनामध्ये आठ वटा नमुनामा हैजाको संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। रञ्जनराज भट्टले जानकारी दिएका छन् । वीरगन्जबाट नमुनास्वरूप हैजा सङ्क्रमितहरूको दिसा पठाइएको थियो ।