समाचार

    Showing 10,561-10,570 of 25,722 items.
  • अफगानिस्तानमा भूकम्पः मृत्यु हुनेको संख्या बढ्दो

    एजेन्सी— पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म कम्तिमा ८१२ जनाको मृत्यु भएको र २,८१७ जना घाइते भएको पुष्टि भएको छ। स्थानीय सरकारले भग्नावशेषबाट उद्धार गरिएका घाइतेहरूलाई हेलिकप्टर स्थानान्तरण कार्यहरूको समन्वय गरिरहेको छ।अफगान अन्तरिम सरकारले कुनार प्रान्त र छिमेकी क्षेत्रहरूमा ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा ८१२ जनाको मृत्यु भएको र २,८१७ जना घाइते भएको पुष्टि गरेको छ ।  मृतकको संख्या प्रारम्भिक अनुमान मात्र भएको र यसको संख्या बढ्ने छ ।‘हामीले सबैथोक गुमायौं। मेरा दुई छोराको भूकम्पमा खुट्टा भाँचियो। हाम्रो सबै सम्पत्ति नष्ट भयो,’ कुनारका

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 606 पटक पढिएको
  • ‘एससिओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको सुरुवात हो’

    एजेन्सी— चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)का प्रसिद्ध भूराजनीतिक विश्लेषक एवम टिप्पणीकार मलिक अयुब सुम्बलले सांघाइ सहयोग संगठन शिखर सम्मेलनले विश्वव्यापी सहयोगको नयाँ युगको सुरुवात गर्ने दाबी गरेका छन् । शिखर सम्मेलन संगठनको इतिहासमा सबैभन्दा ठूलो हुने बताएका उनले समूहको बढ्दो प्रभाव र अन्तर्राष्ट्रिय पहुँचलाई प्रतिबिम्बित गर्ने पनि बताए । सम्मेलनको बारेमा टिप्पणी गर्दै, उनले सन् २००१ मा स्थापना भएदेखि चीनले सम्मेलनको अध्यक्षता ग्रहण गरेको यो पाँचौं पटक पनि बताए । ‘सांघाई सहयोग संगठन (एससिओ)एक व्यापक बहुपक्षीय संगठन हो । चीन र यसका सदस्य राष्ट्रहरू बीचको व्यापार अहिले ५१२ बिलि

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 612 पटक पढिएको
  • रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्नाः ‘रमिता देखाइयो भन्नेलाई जवाफ हो’

    काठमाडौं— नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा धर्ना दिएको छ । आन्दोलनरत महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिने क्रममा मंगलबार रास्वपाको पार्टीका कार्यालयमा धर्ना दिएको हो । शिक्षा विधेयक सच्याउन माग राख्दै महासंघले विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिँदै आइरहेको छ । धर्नामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धेरैले महासंघले रमिता देखाएको भनेर प्रतिक्रिया दिएकोमा आपत्ति जनाउँदै रमिता देखाउने सोचबाट भन्दा पनि विद्यालय शिक्षाको उन्नती लागि महाअभियानमा आफूहरु जुटेको बताए । विधेयकलाई

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 725 पटक पढिएको
  • संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन (मस्यौदा) पारित

    काठमाडौं— विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन (मस्यौदा) पारित गरिएको छ । मंगलबार बसेको समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै पारित गरिएको हो । बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद राधेश्याम पासवनले विधेयकमा प्रशासनिक सुधार समितिलाई समावेशी समूह बनाई प्रतिवेदनमा आएपनि महिला, दलित, जनजाती, मधेशी अट्न नसकेको बताए । बैठकमा बोल्दै राष्ट्रिय सभाका सदस्य सुरेश कुमार आले मगरले राजपत्राङिकत तृतिय श्रेणीको पद र प्रथम श्रेणीको पदका लागि अनुभवको हकमा केही परिमार्जन गर्नुपर्ने बताए ।&

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 636 पटक पढिएको
  • अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

    काठमाडौं— उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष  जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण  लगायतका विषयमा छलफल भएको छ ।अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा सुधार गरेको बताए ।  उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकता

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 592 पटक पढिएको
  • अध्यक्ष ढकाल भन्छन गायत्री महायज्ञको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न आवश्यक छ

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले धार्मिक कार्यक्रमले विकृति, विसङ्गती हटाएर सुसंस्कृत समाजको निर्माणका लागि प्रेरणा दिने बताएका छन् । बानेश्वरमा जारी गायत्री महायज्ञमा बोल्दै उनले यस्ता धार्मिक कार्यक्रमले समाजको उन्नती, प्रगती र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे । उनले भने,‘यस्ता धार्मिक कार्यक्रमले समाज र राष्ट्रको उन्नती–प्रगती साथै भविष्यमा नेपालको उन्नतीको लागि धार्मिक क्रियाकलापले महत्वपूर्ण योगदान पुर्याउँछ । समाजमा भएको विकृति, विसङ्गती हटाइ सुसंस्कृत समाजको निर्माण गर्न यस्ता कार्यक्रमहरुले प्रेरणा दिन्छ ।’त्यस्तै उनल

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 638 पटक पढिएको
  • नाडा अटोमोबाइल्सको विशेष साधारणसभा अन्योलमा

    काठमाडौं— नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)ले भदौ २४ गते विशेष साधारणसभा बोलाउने तयारी गरेपनि आन्तरिक विवादका कारण यसमा अन्योल सिर्जना भएको छ ।नाडाले आफ्नो १७ औं ‘नाडा अटो शो–२०२५’ समापन कार्यक्रममा संस्थालाई महासंघमा रूपान्तरण गर्ने घोषणा गरेको थियो ।तर, गोल्छा र चौधरी समूहबीचको लामो विवाद अझै समाधान नभएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि विशेष साधारणसभा रोकिएको छ । विवादको मुख्य कारण वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई सदस्यमा घटुवा गर्ने र विधान संशोधन प्रक्रिया टुंगोमा नपुगेको भन्ने हो ।‘गैरकानुनी तरिकाले बोलाउन लागिएको विषेश साधारण सभा रोकीपाउँ भनी यस कार्यालयमा भदौ १६ ग

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 619 पटक पढिएको
  • काठमाडौंमा पहिलो पटक नौ कुण्डिय गायत्री महायज्ञ, भदौ २२ गतेसम्म संचालन हुने

    काठमाडौं— गायत्री साधक एंव प्रचारप्रसारक वेद प्रसाद भट्टले नयाँ पुस्तालाई योगा, ध्यान र यज्ञ जस्ता विषयमा सहभागि गराउने उद्देश्यले नौ कुण्डिय महायज्ञ आयोजना गरेको बताएका छन् । आइतबार कलश यात्रागरि उक्त गायत्री नौ कुण्डिय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु भएको थियो । समारोह यही भदौ १५ गते आइतवारदेखि भदौ २२ गते आइतवारसम्म ३१ नम्बर वडा कार्यालय प्राङ्गणमा सञ्चालन भइरहेको छ । सोही क्रममा उनले नयाँ पुस्ता शाकाहारी बन्नुपर्छ र पूजापाठ गर्नुपर्छ भन्ने अवधारण बोकेर सकारात्मक उर्जा सिर्जना गर्न महायज्ञ गरेको बताए । उनले भने, ‘अखिल विश्व गायत्री परिवार शान्तिकुञ्ज

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 606 पटक पढिएको
  • शिक्षा विधेयकप्रति विद्यार्थीहरुको असन्तुष्टि, कार्यबाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन

    काठमाडौं— संयुक्त विद्यार्थी संगठनले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । मंगलबार शहरी विकास मन्त्रालयमा पुगेर उनीहरुले शैक्षिक निजीकरण र व्यापारीकरणलाई थप संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने र युवाहरुको विदेश पलायनलाई प्रोत्साहन गर्ने गरी विधेयक आएको भन्दै ध्यानाकर्षण गराएका हुन् । यस्तो छन् ,उनीहरुको मागहरु१. संविधानमा व्यवस्था भए बमोजिम आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा पूर्ण निःशुल्क पाउने व्यवस्था अविलम्व अक्षरशः कार्यान्वयन गर्न जोडदार माग ग

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 647 पटक पढिएको
  • दार्चुला अटो दुर्घटना: दुई जनाको शव फेला, एक जना अझै बेपत्ता

    दार्चुला— दार्चुला जिल्लाको नौगाड गाउँपालिका–५ सौकेबगरस्थित भित्री सडकमा भएको अटो दुर्घटनामा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ।सोमबार दिउँसो होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटो अनियन्त्रित भई करीब ५० फिट तल नौगाड खोलामा खसेको थियो।दुर्घटनापछि बेपत्ता भएका पाँच यात्रुमध्ये १२ वर्षीया आरुषा धामीको शव घटनास्थल नजिकै करिब ७ मिटर पश्चिममा र १७ वर्षीया भागा धामीको शव ७ किलोमिटर तल भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ।४७ वर्षीया चाखुरी देवी धामी अझै बेपत्ता छिन्। उनको खोजीकार्य जारी रहेको छ। अटो चालक प्रहरीको नियन्त्रणमा छन्।दुर्घटनामा गम्भीर घाइते भएका १६ वर्षीय

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 677 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.