एजेन्सी— चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)का प्रसिद्ध भूराजनीतिक विश्लेषक एवम टिप्पणीकार मलिक अयुब सुम्बलले सांघाइ सहयोग संगठन शिखर सम्मेलनले विश्वव्यापी सहयोगको नयाँ युगको सुरुवात गर्ने दाबी गरेका छन् । 

शिखर सम्मेलन संगठनको इतिहासमा सबैभन्दा ठूलो हुने बताएका उनले समूहको बढ्दो प्रभाव र अन्तर्राष्ट्रिय पहुँचलाई प्रतिबिम्बित गर्ने पनि बताए । सम्मेलनको बारेमा टिप्पणी गर्दै, उनले सन् २००१ मा स्थापना भएदेखि चीनले सम्मेलनको अध्यक्षता ग्रहण गरेको यो पाँचौं पटक पनि बताए । 

‘सांघाई सहयोग संगठन (एससिओ)एक व्यापक बहुपक्षीय संगठन हो । चीन र यसका सदस्य राष्ट्रहरू बीचको व्यापार अहिले ५१२ बिलियन अमेरिकी डलर नाघेको छ, जसले लगभग ३ प्रतिशत वार्षिक वृद्धि दरलाई प्रतिबिम्बित गर्दछ । यस्तो आर्थिक गतिले एससिओ राष्ट्रहरूसँग चीनको गहिरो सम्बन्ध र युरेशियाभरि बलियो व्यापार सञ्जालको प्रवद्र्धनलाई जोड दिन्छ,’उनले भने । 

एससीओको स्तरलाई प्रकाश पार्दै सुम्बलले भने, ‘यो विश्वको सबैभन्दा ठूलो क्षेत्रीय संगठन हो, जसले विश्व जनसंख्याको ४२ प्रतिशत र युरेसियाको जनसंख्याको ६५ प्रतिशत प्रतिनिधित्व गर्दछ। आर्थिक रूपमा, यसले विश्वव्यापी जीडीपीमा लगभग २३ प्रतिशत योगदान पु¥याउँछ । जसले विश्वव्यापी मञ्चमा एक प्रमुख हिस्सेदार बनाउँछ ।’