समाचार

    Showing 10,351-10,360 of 25,706 items.
  • जेनजीको प्रदर्शनमा प्रहरीले गोली चलाउदा चार जना घाइते

    काठमाडौं— भ्रष्टाचारविरुद्ध जागृत हुँदै गएको जेन–जी पुस्ताको आन्दोलन शनिबार झडपमा परिणत भएको छ। निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ अगाडि बढेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली प्रहार गर्दा चार जना घाइते भएका छन्।घाइतेमध्ये एक जना कान्तिपुर दैनिकका पत्रकार रहेका छन् भने बाँकी तीन जना विद्यार्थी हुन्। उनीहरुको सिभिल अस्पलातमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आन्दोलनकारीहरू संसदभित्र छिर्ने प्रयासमा रहेकाले सुरक्षा निकायले बल प्रयोग गरेको जनाइएको छ।झडपपछि नयाँ बानेश्वर क्षेत्र पूर्ण रूपमा तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै जिल्ला प

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 711 पटक पढिएको
  • संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ

    काठमाडौं— संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालाई पद तथा गोपनीयताको शपथ लिएका छन् ।सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरे समक्ष सभापति खतिवडाले शपथ लिएका हुन् ।यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन भएका थिए । त्यस अवसरमा सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गरेका थिए ।कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, एमालेका मुख्य सचेतक र नेपाली कांग्रेसका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सांसदहरू उपस्थित थिए । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 345 पटक पढिएको
  • इटहरीमा जेनजीको प्रर्दशन यस्तो देखियो

    इटहरी— सोमबार काठमाडौंको माइतीघरसहित देशैभरका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गरेका छन् ।जसअन्तरगत सोमबार बिहान १० बजेदेखि नै भेला भएका जेनजी पुस्ताले कोशी प्रदेशको इटहरीमा पनि र्याली निकालेका छन् । उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गरेका छन् । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 488 पटक पढिएको
  • काठमाडौंको बानेश्वर क्षेत्रमा आज कर्फ्यू आदेश लागू

    काठमाडौं— काठमाडौं महानगरपालिका अन्तर्गतको बानेश्वर क्षेत्रका केही भागमा आज कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशअनुसार आज अपरान्ह १२ः३० बजेदेखि राति १०ः०० बजेसम्मका लागि कर्फ्यू लागु हुनेछ।स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१) बमोजिम जारी गरिएको उक्त आदेश अनुसार तोकिएको क्षेत्रभित्र मानिसको आवतजावत, कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, घेराउ, भेला वा बैठक गर्न पूर्ण निषेध गरिएको छ।कर्फ्यू लागु क्षेत्रहरू यसप्रकार छन्ःबानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,बानेश्वर चोकदेखि पूर्वतर्फ मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,ब

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 487 पटक पढिएको
  • संसद भवन अगाडि पुगेर जेनजीले गर्दै गरेको प्रदर्शनमा प्रहरीको अश्रुग्याँस

    काठमाडौं— सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।माइतीघरबाट अगाडि बढेको प्रदर्शनलाई प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको हो ।तिनकुनेतर्फबाट अघि बढेको टोली संसद भवनको गेट अगाडि नै पुगेको छ। माइतीघरबाट अघि बढेका प्रदर्शनकारी पनि संसद भवन अगाडि पुगेका छन् ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 683 पटक पढिएको
  • माइतीघर–बानेश्वर सडकमा जेन–जी पुस्ताको प्रदर्शन

    काठमाडौं— भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन–जी पुस्ताका युवाहरु सडकमा आएका छन् । भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् । अहिले माइतीघरमा उपस्थित हुँदै जेन जी पुस्ताका युवाहरुले प्रदर्शन गरिरहेका छन् । जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरूले केपी तेरो पाराले दुख पायो साराले, नालायक सरकार मुर्दावाद , केपी चोर देश छोड जस्ता नाराहरु लगाईरहेका छन् । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 427 पटक पढिएको
  • सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता

    काठमाडौं— सोमबार काठमाडौंको माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरुले अनुमति लिइसकेका छन् ।जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन् । उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए ।जेनजी पुस्ताले माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम राखेका छन् । जेनजी पुस्ताको आन्दोलनलाई जनप्रतिनिधि र नेताले समर्थ

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 395 पटक पढिएको
  • भारतीय केराको आयात रोक्नुपर्ने माग गर्दै ज्ञापन पत्र

    बर्दिया— बर्दियाका केरा खेती गर्ने किसानहरूले भारतीय केराको आयातमा रोक लगाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियामा आगामी मंसिर महिनासम्म केराको आयातमा रोक लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । भारतीय केराको आयात बढेपछि बर्दियामा नेपाली केरा विक्री नहुँदा बर्दियाली किसान मारमा परेका छन् । केरा समयमा विक्री हुन छाडेपछि बर्दियाका किसान भारतीय केराको आयातमा रोक लगाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र बुझाएका छन् ।केराको उत्पादन र विक्री हुने समयमा नै बिक्न छाडेपछि केरा किसानहरूले भारतीय केराको आयातमा मंसिर महिनासम्म पूर्ण

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 607 पटक पढिएको
  • सिटी होटलको ८० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा

    काठमाडौं— सिटी होटल लिमिटेडले आजदेखि ८० प्रतिशत हकप्रद शेयर निष्कासन सुरु गरेको छ । कम्पनीले हाल कायम १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्तापूँजीको आधारमा १ः०.८० अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद शेयर जारी गरेको हो ।यसअघि कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २७ गते बुक क्लोज गरेको थियो । त्यसअनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी मात्र हकप्रद खरिदका लागि योग्य हुनेछन् ।हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज १२ गते तोकिएको छ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेडमार्फत तथा प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खे

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 651 पटक पढिएको
  • सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शनअगाडि रवि लामिछानेको सन्देशः ‘आजको दिन इतिहासको नयाँ सुरुवात हुन सक्छ’

    काठमाडौं— सामाजिक सञ्जाल बन्दको विरोधमा घोषणा गरिएको आन्दोलनलाई समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवाहरूलाई विशेष सन्देश पठाएका छन् । हाल नख्खु कारागारमा रहेका लामिछानेले आफ्ना समर्थक र युवा पुस्तालाई विवेकपूर्वक र शान्तिपूर्ण ढंगमा सडकमा उत्रन आह्वान गरेका हुन् ।निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा लामिछानेले लेखेका छन्, ‘तपाईंहरू सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुन सक्छ ।’ उनले शासकहरूले न त विधिको शासन दिन सकेको र न नै सामाजिक सञ्जालमा आफ्ना भावना बाँड्ने स्वतन्त्रता दिएको आरोप लगाउँदै भनेका

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 291 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.