काठमाडौं— सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।
माइतीघरबाट अगाडि बढेको प्रदर्शनलाई प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको हो ।
तिनकुनेतर्फबाट अघि बढेको टोली संसद भवनको गेट अगाडि नै पुगेको छ। माइतीघरबाट अघि बढेका प्रदर्शनकारी पनि संसद भवन अगाडि पुगेका छन् ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        