काठमाडौं— भ्रष्टाचारविरुद्ध जागृत हुँदै गएको जेन–जी पुस्ताको आन्दोलन शनिबार झडपमा परिणत भएको छ। निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ अगाडि बढेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली प्रहार गर्दा चार जना घाइते भएका छन्।
घाइतेमध्ये एक जना कान्तिपुर दैनिकका पत्रकार रहेका छन् भने बाँकी तीन जना विद्यार्थी हुन्। उनीहरुको सिभिल अस्पलातमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आन्दोलनकारीहरू संसदभित्र छिर्ने प्रयासमा रहेकाले सुरक्षा निकायले बल प्रयोग गरेको जनाइएको छ।
झडपपछि नयाँ बानेश्वर क्षेत्र पूर्ण रूपमा तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        