समाचार

    Showing 10,111-10,120 of 25,706 items.
  • जेनजी आन्दोलनमा ज्यान गुमाएका २७ जनाको शव आफन्तलाई हस्तान्तरण

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका २७ जना प्रदर्शनकारीको शव पोष्टमार्टमपछि आफन्तले बुझेका छन्। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम प्रक्रिया सम्पन्न गरी शव बुझाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए।त्यस्तै, भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा परी ज्यान गुमाएका तीन जना सुरक्षाकर्मीको शव पनि परिवारजनले बुझेका छन्।हाल अस्पतालमा १९ वटा शवको पोष्टमार्टम प्रक्रिया अझै बाँकी रहेको जनाइएको छ। यस्तै, ५ शवको पोष्टमार्टम सम्पन्न भए पनि आफन्तले अझै बुझेका छैनन्।नयाँ बानेश्वर क्षेत्रमा भएको झडप र आगजनीका घटनामा मृत्यु भएका ८ जना मृतकको अझै पहिचान खुलेको छैन।प्रद

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 524 पटक पढिएको
  • महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ

    काठमाडौं— महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छन् । प्रधान्यायाधीश प्रकाशमान सिंह रावतले महान्यायाधिवक्ता भण्डारीलाई सपथ ग्रहण गराएका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई आइतबार नियुक्त गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको हो ।भण्डारी नेपालको पहिलो महान्यायाधिवक्तासमेत बनेकी छिन् ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 559 पटक पढिएको
  • रामेश्वरलाई कठिन समयमा अर्थ मन्त्रालयको वागडोर, लोभलाग्दो विगत

     काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पलट गरेसँगै अन्तरिम सरकारको अर्थमन्त्रालको जिम्मेवारी खनालले सम्हालेका हुन् ।पूराना राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुको सत्ता स्वार्थ, भ्रष्टाचार र व्यक्तिगत स्वार्थको राजनीतिले वाक्क दिक्क भएको नेपाली समाजले अब भने मुलुकमा केही सकारात्मक परिवर्तन हुने अपेक्षा पनि गरिरहेको छ ।यद्यपी, यतिबेला जेनजी आन्दोलनका कारण भएको ठुलो क्षतिका कारण मुलुकको अर्थतन्त्र पनि तहसनहस भएको अवस्थामा छ ।यस्

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 277 पटक पढिएको
  • ऊर्जामन्त्री घिसिङको पहिलो गन्तव्यः सिंहदरबार होइन, टिचिङ अस्पताल

    काठमाडौं— नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुअघि जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकका परिवारलाई भेटेका छन्।शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि घिसिङ सिधै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) पुगेका हुन्। उनले अस्पतालमा मृतकका आफन्तहरूसँग भेट गरी गहिरो समवेदना प्रकट गरेका छन्।टिचिङ अस्पतालबाट फर्किएपछि उनी सिंहदरबारस्थित मन्त्रालयमा पुगेर आफ्नो औपचारिक कार्यभार सम्हाल्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 522 पटक पढिएको
  • प्रधानमन्त्री सुशीला कार्कीले १४ मन्त्रालय आफैँसँग राखिन्

    काठमाडौं— अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरी १४ मन्त्रालय आफैँसँग राखेकी छन्। उनले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफैँसँग राखेकी हुन्। यसैबीच, शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 639 पटक पढिएको
  • जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

    चितवन— जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा पाँच जनाको मृत्यु भएको छ। सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो। जनस्वास्थ्य कार्यालय चितवनका आनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो।कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन्। जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका थिए। उनीहरुको साउनयता मृत्यु भएको हो। गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना सङ्क्रमितमध्

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 743 पटक पढिएको
  • जुम्लामा एउटै कुकुरले १४ लाई टोक्यो, भ्याक्सिनको अभाव

    मुग— जुम्लाको तातोपानी गाउँपालिका वडा नं. २,४ र ६ का १४ जना स्थानीयलाई आइतबार एकै कुकुरले क्रमश आक्रमण गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।कुकुरको आक्रमणबाट घाइते भएका १४ जना मध्य वडा नंं. २ का ५ जना (नरेन्द्र केसी,सर्केनी बुढा, धने रोकाया, मयालु रोकाया, गोरे सार्की) घाईते भएका छन् ।त्यस्तै वडा नं. ४ का ७ जना (सभ्यता हमाल, बिजकन्या न्यौपाने, लटे कामी, मन्नु न्यौपाने, संगिता समिक्षा विक र सुर्दशन विक) घाइते छन् भने वडा नं. ५ की मेनका नेपाली र वडा नंं ६ की सरिता कामी गरी चार वडाका १४ जना घाइते भएको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाईले बताए ।र

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 722 पटक पढिएको
  • नवगठित मन्त्रिमण्डलका तीन मन्त्रीले लिए शपथ, रामेश्वर, कुलमान र ओमप्रकाश बने मन्त्री

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई सपथ खुवाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले विस्तार गरेको मन्त्रीपरिषदका तीन सदस्यले राष्ट्रपति पौडेलबाट सपथ लिएका हुन ।सपथ लिनेमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जामन्त्री, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री, कानून तथा संसदीय मामिला मन्त्रालयमा ओमप्रकास खनाल छन् ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 650 पटक पढिएको
  • कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता

    कञ्चनपुर— जेनजी आन्दोलनको क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ जना कैदीबन्दीहरु कारागारमा फर्किएका छन्। फिर्ता आएका कैदीबन्दीमध्ये २२७ जना पुरुष र १२ जना महिला रहेका कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीले जानकारी दिए । उक्त कारागारमा कुल ४७९ जना कैदीबन्दी थिए । जसमा लागूऔषध सम्बन्धी अभियोगमा मात्रै १६९ जना कैदी थुनामा रहेका थिए।त्यसैगरी कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये हालसम्म १० जनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिन सकेको छ। बाँकी १८ जना भारतीय कैदी अझै फरार छन्।प्रशासक जोशीका अनुसार, “कारागारबाट निस्केका केही कैदीहरू सम्पर्कमा छन्। उनीहरूले तीन दिनभि

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 395 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीलाई उपाध्यक्ष श्रेष्ठका ६ सुझाव :घोषित मितिमा निर्वाचन गराउन दबाब

     काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदामा सुझाव दिएका छन् ।सोमबार सामाजिक संजालमार्फत उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सुझाएका छन् । सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिने पनि उनले बताएका छन् ।पहिलो बुँदामा श्रेष्ठले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र ,निष्ठावान ,देशभक्त, स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता सुझाव दिएका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू ,तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 507 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.