काठमाडौं— जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका २७ जना प्रदर्शनकारीको शव पोष्टमार्टमपछि आफन्तले बुझेका छन्। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम प्रक्रिया सम्पन्न गरी शव बुझाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए।
त्यस्तै, भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा परी ज्यान गुमाएका तीन जना सुरक्षाकर्मीको शव पनि परिवारजनले बुझेका छन्।
हाल अस्पतालमा १९ वटा शवको पोष्टमार्टम प्रक्रिया अझै बाँकी रहेको जनाइएको छ। यस्तै, ५ शवको पोष्टमार्टम सम्पन्न भए पनि आफन्तले अझै बुझेका छैनन्।
नयाँ बानेश्वर क्षेत्रमा भएको झडप र आगजनीका घटनामा मृत्यु भएका ८ जना मृतकको अझै पहिचान खुलेको छैन।
प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका १२ जनाको पहिचान खुलेको गृह मन्त्रालयले जनाएको छ ।
मृतकको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने गृह मन्त्री ओमप्रकाश अर्यालको भनाइ छ । अन्त्येष्टिमा कस्तो सम्मान दिइने भन्ने विषयमा मन्त्रिपरिषद्ले छिट्टै निर्णय लिने तयारी भएको उनको भनाइ छ।