काठमाडौं— नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुअघि जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकका परिवारलाई भेटेका छन्।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि घिसिङ सिधै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) पुगेका हुन्। उनले अस्पतालमा मृतकका आफन्तहरूसँग भेट गरी गहिरो समवेदना प्रकट गरेका छन्।

टिचिङ अस्पतालबाट फर्किएपछि उनी सिंहदरबारस्थित मन्त्रालयमा पुगेर आफ्नो औपचारिक कार्यभार सम्हाल्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ।