राजनीति

    Showing 9,851-9,860 of 10,379 items.
  • १५ एसएसपीको सरुवा (सूचीसहित)

    बिर्तामोड / गृहमन्त्रालयले नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा गरेको छ । मन्त्रालयले सोमबार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेका छन् ।  एसएसपी मीरा चौधरीलाई प्रदेश –१ तालिम केन्द्र विराटनगर सरुवा गरिएको छ । श्यामलाल ज्ञवाली प्रदेश कार्यालय बनेपा , उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेय प्रदेश कार्यालय कञ्चनपुर सरुवा भएका छन् ।मन्त्रालयले कृष्णहरि शर्मा पोखरेल प्रदेश कार्यालय पोखरा, हृदय थापा प्रहरी प्रधान कार्यालयको अन्वेशण योजना र टेकबहादुर तामाङको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल सरुवा भएको छ । एसएसपी दीपक थापाको प्रदेश –२ प्रहरी कार्यालय जनक

    • प्रकाशित मितिः असार ७, २०७८
    • 370 पटक पढिएको
  • प्रदेश एकमा डीआईजी अरुण बीसी

    बिर्तामोड / गृहमन्त्रालयले नेपाल प्रहरीका १६ जना डीआईडीको सरुवा गरेको छ । गृहमन्त्रालयले एक नम्बर प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी डीआईजी अरुणकुमार बिसीलाई दिएको छ ।बीसी मोरङ प्रमुख रहेको समयमा ३३ केजी सुन तस्करी प्रकरणको ठुलो गिरोहको पर्दाफास भएको थियो ।  लुकाउन खोजिएको सो विषयमा अनुसन्धान अघि बढाएकै कारण बिसी चर्चित बनेका थिए । मोरङमा नै रहँदा पण्डित श्री निवाशमाथि गोली प्रहारको घटनाको समेत सफल अनुसन्धान गरेर धार्मिक मुडभेढको दिशामा मुलुकलाई जानबाट रोकेर चर्चा कमाएका थिए ।मोरङमा रहँदा ठूला उद्योगीको भन्सार छली र हुन्डी कर्मचारीमाथिको कारवाहीका कारण पनि उनी चर्चामा रहन सफल बनेका थिए ।

    • प्रकाशित मितिः असार ७, २०७८
    • 859 पटक पढिएको
  • सर्वोच्चले खाईदियो एमाले नेता कार्कीको राजदुत पद

    बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशन अनि दवावमा बहराइनको राजदुतका लागि सिफारीस भएका झापाका एमाले नेता युवराज कार्की सर्वोच्च अदालतका कारण राजदुत नबन्ने भएका छन् ।दुई महिना अघि राजदूतमा सिफारिस भएका कार्कीलाई सर्वोच्च अदालतले राजदुत बन्न बाट रोकेको हो । सरकारले कार्की सहित ११ जनालाई विभिन्न देशको राजदुतका लागि सिफारीस गरेको थियो । संसद विघटनका कारण संसदिय समितिको सुनुवाई नहुँदा उनीहरुको राजदुत बन्ने प्रकृया रोकिएको बेला सर्वोच्चमा शैक्षिक योग्यताको विषयलाई लिएर दायर भएको रिटमा सर्वोच्चको त्यस्तो फैसला आएको हो ।  संसद र संसदिय सुनुवाई नभएको समयमा पनि ४५ दिनपछि राजदू

    • प्रकाशित मितिः असार ७, २०७८
    • 2,099 पटक पढिएको
  • सांसद नै बाँड्दै छन् , डेट एक्सपायर औषधी

    काठमाण्डौ / महामारी र प्राकृतिक प्रकोपको चपेटामा मरेका सर्वसाधारणलाई सांसदले नै म्याद गुज्रिएको औषधी वितरण गरेको सार्वजनिक भएको छ । गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आफ्ना क्षेत्रका जनतालाई म्याद गुज्रिएको औषधी वितरण गरेको सार्वजनिक भएको हो ।गोरखा २ ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका सांसद दवाडीले आफ्नो निर्वाचन क्षेत्रमा रहेका बारपाक सुलिकोट गाउँपालिकाको सौरपानी स्वास्थ्य चौकी, रन्चोक स्वास्थ्य चौकी र स्वारा स्वास्थ्य चौकीलाई समेत म्याद गुज्रिएको औषधी दिएको सार्वजनिक भएको छ ।नेपाली कांग्रेसका नेता समेत रहेका सांसद दवाडीले म्याद गुज्रेको औषधी वितरण गरेर आफ्नै निर्वाचन क्षेत्रका

    • प्रकाशित मितिः असार ७, २०७८
    • 282 पटक पढिएको
  • ओली–विद्या राजमा राजनीतिको नैतिक धरातल भासिने भो !

    काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आयोगमा आफ्नो हस्ताक्षरको दुरुपयोग भएको बताएका छन् ।आइतबार राति सामाजिक सञ्जालमार्फत् भट्टराईले ‘स्वच्छ छवि मानिएका’ अध्यक्ष महन्थ ठाकुरले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका हुन् ।ठाकुरको नाम उल्लेख नगरी उनले लेखेका छन्, “स्वच्छ छविका मानिएका ८० वर्षे नेताले समेत पार्टी बैठकको नक्कली स्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरोसमेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु ।”उनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल कमजोर बनेको टिप्पणी पनि गरेका छन्

    • प्रकाशित मितिः असार ७, २०७८
    • 126 पटक पढिएको
  • माओवादीद्धारा नयाँ संगठन निर्माणको तयारी

    काठमाडौं / नेकपा माओवादी केन्द्रले ४० वर्ष मुनिका  युवालाई प्रथमिकता दिएर नयाँ केन्द्रय सदस्यहरु थप्ने तयारी थालेको छ ।  केन्द्रीय समितिमा ९९ सदस्य थप्ने भएको हो । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने भएको छ । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुनेछ ।संगठनबारे सुझाव सङ्कलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृका यादवका अनुसार २ सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्न सुझाव दिइएको हो । केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको पनि उनले जानकारी दिए । कार्यदलका अर्का सदस्य जनार्दन श

    • प्रकाशित मितिः असार ७, २०७८
    • 215 पटक पढिएको
  • स्थानीय सरकारद्धारा बाढीपीडितलाई सहयोग गर्न आग्रह

    काठमाडौं / बाढीका कारण प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुलगायतका स्थानीय तहले सहयोगका लागि अपील गरेका छन् । नगरपालिकाले विज्ञप्ती जारी गर्दै स्थानीयको उद्दार, राहत र पुर्नस्थापना तथा भौतिक संरचना पुर्ननिर्माणका लागि सहयोगको अपिल गरेको हो ।नदीले भूमि कटान जारी रहेको र नगरपालिकाले मेलम्ची सिटी पार्क, मेलम्ची बसपार्क, फाहोरमैला प्रशाधन केन्द्रलगायत अर्बौका योजनाहरु पूर्ण रुपमा बगाएको जनाएको छ । अहिले स्थानीय सरकारको नाताले सबै जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता रहेको नगरपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।जनजीवन सामान्य बनाउने गरि राहत, उद्दार र पुर्नस्थापनाको काम गर्नुपर्ने

    • प्रकाशित मितिः असार ६, २०७८
    • 116 पटक पढिएको
  • गृहमन्त्रीद्धारा विपद् व्यवस्थापनबारे सातै प्रदेशका मन्त्रीसँग ब्रिफिङ

    काठमाडौं  / गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुसँग छलफल गरेका गरेका छन् ।अहिले सिंहदरबारस्थित गृहमन्त्रालयमा जारी बैठकमा गृहमन्त्री अधिकारीले विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे रणनीतिकबारे ब्रिफिङ गरेको बताइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ मा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि आगामी कात्तिक २६ र मंसिर ३ मा चुनावको घोषण गरिएको छ । प्रधानमन्त्री ओलीको उक्त कदमविरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय

    • प्रकाशित मितिः असार ६, २०७८
    • 157 पटक पढिएको
  • काँग्रेसका नेता एवं पूर्वमन्त्री तप्तबहादुर बिष्टको निधन

    काठमाडौं / नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले दिएको जानकारी अनुसार शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै उनको निधन भएको हो ।भेन्टिलेटरमा उपचार भैरहेको बिष्टलाई कोरोना पुष्टि भएको थियो । बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।उनी २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सुर्खेत ३ बाट निर्वाचित भएका थिए। २०७४ जेठमा गठित शेरबहादुर द

    • प्रकाशित मितिः असार ६, २०७८
    • 154 पटक पढिएको
  • कांग्रेसद्वारा परियारको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ / नेपाली कांग्रेस संसदीय दलले पूर्वसांसद् एवं पार्टीका नेता कृष्णसिंह परियारको निधनप्रति दुःख व्यक्त गरेको छ । नेता परियारको ६८ वर्षको उमेरमा शुक्रबार बिहान नेपालगन्ज–१२ कोरियनपुर स्थित आफ्नै निवासमा निधन भएको थियो  । उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले पीडित थिए ।लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका परियार विसं २०४८ मा कांग्रेसको तर्फबाट बाँके निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित थिए ।मानव मानवबीच हुने जातिय विभेदविरुद्धको आन्दोलनका अग्रणी नेता एवम् पूर्वसांसद परियार विसं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्

    • प्रकाशित मितिः असार ५, २०७८
    • 105 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.