काठमाडौं / गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुसँग छलफल गरेका गरेका छन् ।
अहिले सिंहदरबारस्थित गृहमन्त्रालयमा जारी बैठकमा गृहमन्त्री अधिकारीले विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे रणनीतिकबारे ब्रिफिङ गरेको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ मा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि आगामी कात्तिक २६ र मंसिर ३ मा चुनावको घोषण गरिएको छ । प्रधानमन्त्री ओलीको उक्त कदमविरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।
बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी समेत सहभागी छन् ।