बिर्तामोड / गृहमन्त्रालयले नेपाल प्रहरीका १६ जना डीआईडीको सरुवा गरेको छ । गृहमन्त्रालयले एक नम्बर प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी डीआईजी अरुणकुमार बिसीलाई दिएको छ ।
बीसी मोरङ प्रमुख रहेको समयमा ३३ केजी सुन तस्करी प्रकरणको ठुलो गिरोहको पर्दाफास भएको थियो । लुकाउन खोजिएको सो विषयमा अनुसन्धान अघि बढाएकै कारण बिसी चर्चित बनेका थिए । मोरङमा नै रहँदा पण्डित श्री निवाशमाथि गोली प्रहारको घटनाको समेत सफल अनुसन्धान गरेर धार्मिक मुडभेढको दिशामा मुलुकलाई जानबाट रोकेर चर्चा कमाएका थिए ।
मोरङमा रहँदा ठूला उद्योगीको भन्सार छली र हुन्डी कर्मचारीमाथिको कारवाहीका कारण पनि उनी चर्चामा रहन सफल बनेका थिए । अनुसन्धानमा सफल मानिएका उनलाई गृहमन्त्रालयले प्रदेश एकको जिम्मेवारी दिएको छ ।
त्यसैगरी प्रदेश –२ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा प्रकाश जंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा भएको छ ।