राजनीति

    Showing 9,711-9,720 of 10,379 items.
  • जसपाको ठाकुर-महतो पक्षले पनि देउवाको पक्षमा मत दिने

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय गरेको बताए ।​प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो ।छलफलमा प्रम देउवाले ठाकुरलाई मधेशको माग पुरा गर्ने आश्वासन दिएका थिए । देउवाको आश्वासन पछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो । जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई मत दिने निर्णय

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 96 पटक पढिएको
  • राष्ट्रियसभाको नवौँ अधिवेशन प्रारम्भ

    काठमाडौँ / राष्ट्रियसभाको नवौँ अधिवेशन आजदेखि प्रारम्भ भएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।उनले नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको तथा मन्त्रिपरिषद् विस्तार सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति दुई मिनेट मौनधारण गरिएको थियो ।अधिवेशन प्रारम्भ भएसँगै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले कोभिड–१९ को सङ्क्र

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 117 पटक पढिएको
  • ओली सरकारमा मन्त्री बनेकी गुरुङ यादव पक्षमा

    काठमाण्डौ / जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठकुर पक्षबाट केपी ओली सरकारमा मन्त्री बनेकी सांसद रेणुका गुरुङले महन्थ ठाकुर छाडेर उपेन्द्र यादव पक्षलाई साथ दिएकी छन्। गुरुङ ओली सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी थिइन्।शेरबहादुर देउवाले विश्वासको मत लिन लागेका बेला गुरुङले अन्तिम समयमा आएर कित्ता परिवर्तन गर्दै यादव पक्षको बैठकमा सहभागी भएकी हुन् । योसँगै उपेन्द्र यादव पक्षतिर १८ सांसद रहेका छन् भने ठाकुर पक्षमा १४ छन् ।शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा संसदीय दलको अनौपचारिक बैठकमा ठाकुर पक्ष छोडेर प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 135 पटक पढिएको
  • विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान

    काठमाडौँ / नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ ।नयाँबानेश्वर स्थित संसद् भवनमा आज बसेको बैठकले विश्वासको मतका पक्षमा मतदान गर्न आफ्ना सबै सांसदलाई निर्देशन (ह्वीप) जारी गरेको दलका सचेतक पुष्पा भुसालले जानकारी दिएकी छन् । बैठकले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको भन्दै सो फैसलाको स्वागत गरको छ । साथै यसका लागि सहयोग गर्ने बुद्धिजीवी, नागरिक समाज, पत्रकारलाई धन्यवाद दिएको छ। सचेतक

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 100 पटक पढिएको
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसद एमालेमा नरहने

    काठमाडौँ / नेकपा (एमाले) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसद पार्टीमा नरहने निष्कर्ष निकालेको छ ।ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटीको बैठकले पार्टीको निर्णय विरीत प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आग्रह गरेको हो । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका सांसद दलको बैठकमा अनुपस्थित भई प्रधानमन्त्रीका समर्थनमा देखिएपछि अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले सो निर्णय गरेको हो । सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाबमोजिम प्रतिनिधिसभाको पुनःस्थापना भएपछि राजनीतिक गतिविधि बढेको हो । गत असार २

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 110 पटक पढिएको
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन नेता खनालको आग्रह

    काठमाडौँ / नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदलाई आह्वान गरेका छन् ।स्वास्थ्य उपचार लागि भारतको नयाँदिल्लीमा रहनुभएका पूर्व प्रधानमन्त्री खनालले आज एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन भएको स्थितिमा संसद् जोगाउन आफूहरु समेतको सहभागितामा सर्वोच्च अदालतमा रिट निवेदन दिइएकामा गत असार २८ गते पुन: स्थापना हुने फैसला भएकाले प्रतिनिधिसभालाई जोगाउन लाग्नुपर्ने जनाएका हुन् । नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकारलाई प्रतिनिधिसभाको बाँकी कार्यकाल सञ्चालन हुन दिनुपर्ने अन्यथा मुलुकको स्थिति सङ्कटग्रस्त हुने विज्ञप्

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 108 पटक पढिएको
  • माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।सिंहदरबारमा आज बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । सङ्घीय संसद्को आज बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सांसद मातृका यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिएका छन्। उनका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 144 पटक पढिएको
  • कांग्रेसका तीन नेता आमरण अनशनमा

    काठमाडौं / कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव, नेताहरू दिनेश नायक र रामपल्टन साहले आमरण अनशन थालेका छन्।कांग्रेस क्रियाशील सदस्यतामा पार्टीको विधानको, नियमावली एवं केन्द्रीय परिपत्र विपरित प्रकृया मिचेर जिल्लामा सदस्यता वितरणमा धाँधली भएको पार्टीको तहगत निर्णय नगरी एक पक्षीय रुपमा नयाँ क्रियाशील सदस्यता वितरणमा भएको विधान विपरित गरिएको  कार्यविरुद्ध उनीहरूले आइतबार बिहान साढे ११ बजेदेखि अनशन बसेका हुन् । क्रियाशील सदस्यता वितरणको विवाद समाधान नभएसम्म आफूहरू आमरण अनशनमै रहने डा. यादवले जानकारी गराएका छन

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 121 पटक पढिएको
  • विश्वासको मत पाउन देउवालाई माधव नेपालपक्षका ७ सांसद भए पुग्ने

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले)को माधवकुमार नेपालपक्षका सात जना सांसद भए विश्वासको मत प्राप्त गर्न पुग्ने भएको छ।विश्वासको मत प्राप्त गर्न उनलाई १३६ मत आवश्यक पर्छ। त्यसका लागि नेपालपक्षका सात जना सांसदले मत दिए पुग्ने देखिएको हो। सर्वोच्च अदालतमा दायर गरिएको रिटमा नेपालपक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए। प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने भएपछि मत दिने/नदिनेबारे निर्णय गर्न नेपालपक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। २९ असारमा प्रधानमन्त्

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 118 पटक पढिएको
  • नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक शुरु

    सुर्खेत / नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठक मुख्यमन्त्री तथा दलका नेता महेन्द्र बहादुर शाहीको अध्यक्षतामा शुरु भएको छ ।आइतवार बसेको दलको बैठकले आर्थिक बर्ष २०७७/०७८ को समिक्षा र आगामी कार्य योजनाको विषयमा बृहत छलफल गर्ने माओवादी केन्द्रका प्रमुख सचेतक ठम्वर विष्टले जानकारी दिएका छन् । दलले सरकारलाई दिने सुझाव र सरकारले यो भन्दा पछि आफ्नो कामलाई जनप्रिय कामको रुपमा कसरी स्थापित गराउने भन्ने विषयमा पनि छलफल हुने विष्टले बताएका छन् ।

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.