काठमाडौं / कांग्रेस केन्द्रीय कार्यालय सानेपामा
पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव, नेताहरू दिनेश नायक र रामपल्टन साहले आमरण अनशन थालेका छन्।
कांग्रेस क्रियाशील सदस्यतामा पार्टीको विधानको, नियमावली एवं
केन्द्रीय परिपत्र विपरित
प्रकृया मिचेर जिल्लामा
सदस्यता वितरणमा धाँधली भएको पार्टीको तहगत निर्णय नगरी एक पक्षीय रुपमा नयाँ
क्रियाशील सदस्यता वितरणमा भएको विधान विपरित गरिएको कार्यविरुद्ध
उनीहरूले आइतबार बिहान साढे ११ बजेदेखि अनशन बसेका हुन् ।
क्रियाशील सदस्यता वितरणको विवाद समाधान नभएसम्म आफूहरू आमरण
अनशनमै रहने डा. यादवले जानकारी गराएका छन् ।